default_image

5 years ago

December 27, 2019

सन्दीप र म्याक्सवेल उत्कृष्ट प्रर्दशनका बाबजुद मेलबर्न पराजित

106 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी विग ब्यास लिगमा मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ४ रनले पराजित भएको छ । जारी विग ब्यास लिगमा मेलबर्नको यो पहिलो हार हो ।

अन्तिम ओभरमा जितको लागि १२ रन चाहिएको अवस्थामा मेलबर्नले १ विकेट गुमाउँदै ७ रन मात्रै बनाएपछि झिनो हार बेहोरेको हो । १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो ।

उसका कप्तान ग्लेन म्याक्सवेलले २५ बलमा १ चौका र ४ छक्का सहित ४३ रनको आक्रामक इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । ओपनर निक मडिसन १ रनमा आउट भए । अर्का ओपनर मार्कस स्टोइनिसलाई क्यामरन भालेन्टेले कट एण्ड बोल्ड गर्दै ३३ रनमा पेभिलिएन फर्काए । स्टोइनिसले ३१ बलमा २ चौका र २ छक्का प्रहार गरे । हिल्टन कार्टराइट ७ र विकेटकीपर पिटर ह्यान्ड्सकम्ब ३४ रनमा आउट भए । उनले २८ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

पिटर सिडेलले बेन डंकलाई १७ रनमा बोल्ड आउट गरे । नाथन कुल्टर नाइलले ८ बलमा ३ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । उसका पिटर सिडेलले ४ ओभरमा २४ रन र्खेर ३ विकेट लिए । वेस अगर, क्यामरन भालेन्टे र राशिद खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको एडिलेडले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । उसका जोनाथन वेल्स ४६ बलमा ६ चौका सहित ६८ रनमा अविजित रहे । ओपनर फिलिफ साल्ट १४ र ज्याक वेदरल्ड २१ रनमा आउट भए । छैटौं ओभरको चौथो बलमा सन्दीपले म्याथ्यु शर्टलाई ६ रनमा बोल्ड आउट गरे ।

कप्तान एलेक्स करीले ४५ बलमा २ छक्का सहित ४५ रनमा क्याच आउट भए । राशिद खान ६ रनमा अविजित रहे । मेलबर्न स्टार्सका सन्दीप लामिछानेले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । डानिय वोरल, एडम जम्पा र डेल स्टेनले १–१ विकेट लिए ।

सन्दीपको तीन ओभर

सन्दीपले छैटौं ओभरमा ८ रन खर्चेर एक विकेट लिए । पहिलो बलमा शर्टलाई एक रन दिए । दोस्रो बलमा कप्तान एलेक्स करीले छक्का प्रहार गरे । तेस्रो बलमा १ रन र चौथो बलमा शर्टलाई बोल्ड आउट गरे । वेल्सलाई बाँकी दुई बल डट राखे ।

सन्दीपले आठौं ओभरमा ५ रन खर्चिए । वेल्सलाई पहिलो डट, दोस्रोमा तीन र तेस्रोमा करीलाई १ रन दिए । चौथो बल लेग वाईका रुपमा एक रन दिदा बाँकी दुई बल डट राखे ।

सन्दीपले १५ औं ओभरमा ४ लेग वाईका सहित कुल ७ रन खर्चिए । करीलाई पहिलो बलमा १ दोस्रोमा डट र तेस्रोमा एक रन दिए । करीलाई चौथोमा डट राख्दा पाँचौमा चौका र अन्तिम बलमा एक रन दिए ।

मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको थियो । चौथो खेलमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्ससँग सोमबार खेल्ने छ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.