5 years ago
December 26, 2019
पोखरा (हाम्रो खेलकुद) – ओपनर सुनिल धमलाको अर्ध शतक र कप्तान प्रदीप ऐरीको आक्रामक ब्याटिङमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्वालिफायरमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ६६ रनको बलियो लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । कप्तान प्रदीप ऐरीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहँदै बलियो योगफलमा पुर्याए । अन्तिम ओभरमा प्रदीपले अभिनास बोहरालाई २ छक्का र १ चौका सहित कुल १९ रन जोडेका थिए ।
ओपनर सुनिल धमलाले सर्वाधिक ६१ रनको योगदान दिए । १७ औं ओभरको तेस्रो बलमा धमलालाई हर्ष टोन्कले भिम सार्कीबाट क्याच आउट गराए । धमलाले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । धमलाले ४८ बलमा अर्ध शतक प्रहार गरेका थिए । लामो समय देखी खराब लयमा रहेका धमलाले रन सुस्त गतिमा जोडेका थिए ।
ओपनर मोहम्मद जैद आलम र सुनिल धमलाले ३९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । छैटौं ओभरको तेस्रो बलमा एक रन लिने क्रममा भिम सार्कीले सिधैं स्टम्प ताकेपछि आलम २० रनमा रन आउट हुन पुगेका थिए । आलमले १३ बलमा ३ चौका प्रहार गरे । हर्ष टोन्कको ११ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्नेक्रममा लोकेश बम स्टेटमा सोमपाल कामीबाट १९ रनमा क्याच आउट भए । लोकेशले १६ बलमा २ छक्का प्रहार गरे ।
धमला र पुनित मेहराले तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । पुनितलाई १८ औं ओभरको अन्तिम बलमा अभिनास बोहराले १९ रनमा बोल्ड आउट गरे । १९ औं ओभरको चौथो बलमा ललित सिंह भण्डारीले नोमन खानलाई शून्यमा क्याच आउट गराए । पुनितले २१ बलमा २ चौका प्रहार गरे ।
बुटवलका हर्ष टोन्कले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनास बोहरा र ललित सिंह भण्डारीले १-१ विकेट लिए ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]