5 years ago
December 25, 2019
एजेन्सी – सन् २०१९ समाप्त हुन एक हप्ता बाँकी छ । विश्व क्रिकेटका लागि २०१९ महत्वपूर्ण रह्यो । अझ एकदिवसिय विश्वकपले यस वर्ष थप विशेष बनायो ।
विश्व क्रिकेट इतिहासले २०१९ लाई सम्झिरहने छ । विश्वकप फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीच भएको रोमान्चक प्रतिस्पर्धा साथै सुपर ओभर टाई नतिजाले अविष्मरणीय बनाउने छ । नेपाली क्रिकेटका लागि सम्रगमा २०१९ खराब रह्यो । आईसीसी एसिया यू१९ विश्वकप छनोट गत अप्रिलमा यूएईसँग डक वर्थ लेविस पद्धतीको आधारमा १ रनले पराजित हुनु र सिनियर टोली ग्लोबल छनोटमा पुग्न नसक्दा खराब बर्ष सावित रह्यो ।
विश्वकपमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको फाइनल र सुपर ओभर प्रर्दशन सबैको मनमा छ । २०१९ मा विश्व क्रिकेटमा केहि विवाद पनि उत्पन्न भए । २०१९ विश्व क्रिकेटका पाँच विवाद :
५. हार्दिकको आपत्तिजनक अभिव्यक्ति
सन् २०१९ को सुरुवातमै भारतीय अलराउन्डर हार्दिक पान्ड्या र ओपनर के एल राहुल विवादमा परे । एक टेलिभिजन शो कार्यक्रममा हार्दिकले महिला प्रति आपतिजनक शब्द प्रयोग गरेको भन्दै विवादमा परेका थिए । हार्दिकसँगै उक्त टेलिभिजन सो कार्यक्रममा राहुल पनि हुँदा विवादमा फस्नु परेको थियो ।
विवाद यति सम्म रह्यो कि ओडीआई, टि ट्वान्टी र टेष्ट सिरिजको लागि अष्टेलियाका पुगेका यी दुवै खेलाडी भारत फर्कनु पर्यो । चौतर्फी आलोचनापछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिक र के एल लाई न्युजिल्यान्ड भ्रमणमा टोलीमा मौका दिएन । केहि समय प्रतिबन्धमा परे । लामो समयको विवादपछि पान्ड्या र राहुलले मोटो रकम जरिवना तीर्दै टोलीमा फर्किएका थिए ।
४. विश्वकपअघि ‘थ्रीडी’ चर्चा
एकदिवसिय विश्वकप अघि भारतीय क्रिकेट टोली छनोटमा विवाद उत्पन्न भयो । चार नम्बरको लागि एक वर्ष देखी तयार पारिएका आम्बाती रायूडुलाई विश्वकप टोलीमा परेनन् । उनको स्थान अलराउन्डर विजय शंकरले लिए । उनी विश्वकप टोलीमा नपर्नुको कारण छनोट कर्ता प्रमुख एम.एस के प्रसादले विजय थ्री डी (फिल्डिङ, बलिङ र ब्याटिङ) खेलाडी रहेको बताए ।
जसको कारण रायुडूले पनि ट्वीट गर्दै विश्वकप हेर्न थ्रि डी चश्मा अडर गरेको पोष्ट गरेपछि विवाद चुलिएको थियो । सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । यसैको कारण सन्न्यास लिने निर्णयमा पुगेका थिए ।
३. धोनीको ग्लोभ्स विवाद
महेन्द्र सिंह धोनी विश्वकै सर्वाधिक सफल कप्तान र विकेटकीपरमा पर्छन् । क्याप्टेन कुल धोनी इंग्ल्यान्डमा भएको विश्वकपमा आर्मीको चिन्न भएको ग्लोभ्स (हातमा लगाउने पन्जा) लगाउँदा विवादमा परे । धोनी भारतीय आर्मीका लेप्टेन अफिसर हुन् । विश्वकपमा आर्मीको चिन्ह रहेको ग्लोभ्स प्रयोग गरेपछि आईसीसीले धोनीलाई उक्त पन्जा हटाउन आदेश दिएको थियो ।
धोनीले सुरुवाती समय नहटाउने अडान लिएपछि विवादमा परेका थिए । उनी नियम भन्दा माथि हुन नसक्ने भन्दै आलोचनामा फसेका थिए । पछि धोनीले आर्मी चिन्ह भएको ग्लोभ्स विश्वकपमा लगाएनन् ।
२. विश्वकपमा फाइनल ओभर थ्रो
गत जुलाईमा इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप फाइनल इतिहासकै सर्वाधिक रोमान्चक र प्रतिस्पर्धात्मक खेल हो । विश्वकपको उपाधि जित्न इंग्ल्यान्डलाई अन्तिम ओभरमा १५ रन चाहिएको थियो । यो अवस्थामा ट्रेन्ट बोल्टले सुरुवाती दुई बल डट राख्दा तेस्रो बलमा बेन स्टोक्सले छक्का प्रहार गरे । चौथो बलमा मिड विकेटमा प्रहार गर्दै दोस्रो रन लिनेक्रममा मार्टिन गुप्टिलले थ्रो फालेको बल स्टोक्सको ब्याटमा लागेर बाउन्ड्रीमा पुग्यो । एम्पारले इंग्ल्यान्डलाई ६ रन दिए ।
जुन थ्रो ओभरमा दिएको चार रनको कारण इंग्ल्यान्डलाई योगफल टाई बनाउन सहज बनेको थियो । त्यो ओभर थ्रो को कारण विश्वमै निकै चर्चाको विषय बन्यो । धेरै क्रिकेट विज्ञ्यहरुले उक्त थ्रोमा चौका दिन नहुने तर्क राखेका थिए । थ्रो चौकाको कारण लामो समय सम्म विवाद रहि रह्यो । हुन त बेन स्टोक्सले उक्त चार रन नजोड्न एम्पारलाई आग्रह गरेका थिए । तर थर्ड एम्पारले स्टोक्सको आग्रह मानेनन् । जसको कारण स्टोक्सले कप्तान केन विलियमसन र न्युजिल्यान्डका समर्थकसँग माफि मागेका थिए ।
१. बाउन्ड्री काउन्ट नियम
एक दिवसिय विश्वकपको फाइनलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले ८ विकेट गुमाउँदै २ सय ४१ रन बनाएपछि सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा इंग्ल्यान्डले १५ रन बनायो । न्युजिल्यान्डले पनि १५ रन बनाएपछि बाउन्ड्री काउन्ट नियम (चौका छक्का प्रहार) को आधारमा इंग्ल्यान्ड विश्वकप च्याम्पियन बन्यो । इंग्ल्यान्डले २६ र न्युजिल्यान्डले कुल १७ चौका छक्का प्रहार गरेका थिए ।
तर आईसीसीको चौका छक्का बढि प्रहार गर्ने टोली विजयी हुने नियमको विश्व क्रिकेटमा चौतर्फी रुपमा आलोचना हुन पुग्यो । संयुक्त रुपमा विजेता घोषणा गर्नु पर्ने सबैको माग थियो । त्यो विवादको कारण आईसीसीले नियमनै परिवर्तन गर्यो । अव सुपर ओभर पनि बराबर भए अर्को सुपर ओभर हुने छ । नयाँ नियम अनुसार नकआउट खेलमा जबसम्म नतिजा आउँदैन तबसम्म अर्को सुपर ओभर हुने छ ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]