default_image

5 years ago

December 25, 2019

टोन्कको अर्धशतकमा विराटनगरलाई मध्यम लक्ष्य

66 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिम्रियर लिग (पीपीएल) को लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सले विराटनगर टाईटन्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

बुधबार पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । विराटनगरले अब क्वालिफायरमा स्थान बनाउनका लागि १२.२ ओभरभित्र लक्ष्य प्राप्त गर्नुपर्नेछ । यसो भएमा काठमाडौं क्वालिफायर पुग्नबाट बन्चित हुनेछ ।

बुटवलका लागि भारतीय ब्याट्सम्यान हर्ष टोन्कले सर्वाधिक ६७ रनको योगदान दिए । पहिलो ओभरको दोस्रो बलमै मैदान छिरेका टोन्कले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै इनिङ उकासेका थिए । दिपेश श्रेष्ठको १३ औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने क्रममा टोन्क विकेटकीपर प्रदीप ऐरीबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए ।

बुटवलका प्रमुख ब्याट्सम्यान ओपनर अफ्ताब उद्दीन अहमद पहिलो बलमै गोल्डेन डग आउट भए । किशोर महतोले विकेटकीपर प्रदीप ऐरीबाट क्याच गराएपछि शून्यमा पेभिलिएन फर्केका थिए । दोस्रो विकेटका लागि शंकर राना हर्ष टोन्कले ३२ रनको साझेदारी गर्दै इनिङ उकासे । मोहम्मद जैद आलमको छैटौं ओभरको चौथो बलमा शंकरलाई दिपेश श्रेष्ठबाट २ रनमा क्याच आउट गराए । खराब सट खेल्दै पेभिलिएन फर्किनु अघि शंकरले १४ बलको सामना गरेका थिए । नवौं ओभरको पहिलो बलमा भिम सार्कीलाई साहब आलमले ५ रनमा बोल्ड आउट गरे ।

१२ औं ओभरको दोस्रो बलमा पुनित मेहरालाई छक्का प्रहार गर्दै हर्षले ३७ बलमा अर्ध शतक पुरा गरेका थिए । १२ औं ओभरका टोन्कले पुनितलाई ३ छक्का र १ चौका सहित कुल २४ रन बटुलेका थिए । कप्तान सिद्धान्त लोहनी ११ रनमा बोल्ड आउट भए । १८ औं ओभरको पाँचौ बलमा मोहम्मद जैद आलमले बोल्ड आउट गर्नुअघि सिद्धान्तले २१ बलमा १ छक्का प्रहार गरे । ११ रन जोड्न सिद्धान्तले दुई जीवनदान पाएका थिए ।

दिपेश श्रेष्ठको १५ औं ओभरको अन्तिम बललमा लङ अनमा लोकेश बलमले क्याच छाड्दा लोहनी १ रनमा खेलि रहेका थिए । सिद्धान्तले ब्यक्तिगत ९ रनमा पनि जिवनदान पाएका थिए । १७ औं ओभरको पाँचौ बलमा किशोर महतोलाई दिल स्कुप सट खेल्ने धुनमा पुष थापाले क्याच छाडेका थिए । १९ औं ओभरको दोस्रो बलमा रविन्द्र जंग शाहीलाई किशोरले शून्यमा बोल्ड आउट गरे । अन्तिम ओभरको दोस्रो बलमा जैदले शिबम सिंहलाई नोमन खानबाट ३७ रनमा क्याच आउट गराए । शिबमले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । साम्सद शेख ७ रनमा क्याच आउट भए ।

विराटनगरका लागि पाकिस्तानका मोहम्मद जैद आलमले ४ ओभरमा २० रन खर्चिदै ४ विकेट लिए । किशोर महतोले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । दीपेश श्रेष्ठले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । साहब आलमले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.