5 years ago
December 25, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ११:३० बाट पोखरा रंगशालामा सुरु हुने छ ।
सुरुवाती ४ मध्य तीन खेल जित्दै बुटवल प्लेअफमा पुगि सकेको छ । चितवन राइनोज अपराजित रहँदै १० अंकका साथ फाइनलमा पुगेको छ । विराटनगरलाई प्लेअफमा स्थान बनाउन जित मात्रैले पुग्दैन । जित अन्तरपनि फराकिलो हुनुपर्छ । फराकिलो जित निकाल्न सके विराटनगरले काठमाडौंलाई नेट रन रेटले पछि पार्दै प्लेअफमा पुग्ने छ ।
काठमाडौंको नेट रन रेट ०.३९ छ । विराटनगरको नेट रन रेट – ०.१७५ रहेको छ । यता एक्स्पर्ट धनगढी ब्लुज र पोखरा पल्टन बाहिरिसकेका छन् । काठमाडौं विराटनगरको हार अथवा झिनो अन्तरको जित चाहान्छ । विराटनगरले फराकिलो अन्तरको जित निकाल्दा काठमाडौं पनि बाहिरिनेछ ।
उत्कृष्ट लयमा रहेको बुटवललाई पराजित गर्न विराटनगरलाई सहज हुने छैन । बुटवलका ओपनर अफ्ताबुद्दीन अहमद उत्कृष्ट लयमा छन् । उनले पोखरा पल्टनविरुद्ध आक्रामक ७५ र धनगढी विरुद्ध ५२ रन जोड्दै जित पक्का गरेका थिए । धनगढीविरुद्ध ४ विकेट लिँदै ‘म्यान अफ द म्याच’ बनेका अभिनास बोहरा बुटवलका प्रमुख बलर हुन् ।
विराटनगरको लागि शीर्षक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन चिन्ताको विषय हो । सुनिल धमला, पाकिस्तानका मोहम्मद जैद आलम, दिलिप नाथ, प्रदीप ऐरी, राजेश पुलामी मगर र नोमन खान चल्न सकेका छैनन् । तल्लोक्रममा भारतीय ब्याट्सम्यान पुनित मेहराले उत्कृष्ट प्रर्दशन गरेपनि साथ नपाउँदा टोलीलाई जिताउन सकिरहेका छैनन् । पुनित राम्रो साथ चाहन्छन् ।
चितवनसँग ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोडेका युवा ब्याट्सम्यान लोकेश बमबाट आज पनि त्यस्तै आशा गरिएको छ । चितवनविरुद्ध ४ खेलमा ५४ रन खर्चिएका जितेन्द्र मुखियाको आजको खेलमा संभावना कम छ ।
अंक तालिका :
५ खेलमा ५ मै जित सहित चितवन राइनोज शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोड्दै बुटवल दोस्रो स्थानमा छ । ५ खेलमा ३ मा हार र २ मा जित सहित काठमाडौं तेस्रो स्थानमा छ ।
५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेको धनगढी नेट रन रेटको कारण प्ले अफ समिकरणबाट बाहिरिएको छ । ४ खेलमा १ मा जित र ३ मा हार सहित २ अंक जोड्दै विराटनगर पाँचौ स्थानमा छ । ५ खेलमा १ मा जित र ४ मा हार बेहोरेको पोखरा पुछारमा रहेर बाहिरिने पहिलो टोली बनेको थियो ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]