default_image

5 years ago

December 24, 2019

पारस विरुद्ध ज्ञानेन्द्र : एकै खेलमा पाँच टोलीको भविष्य

88 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) मा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल ११:३० बाट पोखरा रंगशालामा सुरु हुनेछ ।

पारस खड्का कप्तान रहेको चितवन र ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं दुवैलाई आजको खेल महत्त्वपूर्ण छ । यी दुई टोलीको नतिजा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स र एक्स्पर्ट धनगढीलाई पनि त्यतिनै महत्त्वपूर्ण छ । सुरुवाती चारै खेलमा जित सहित शीर्ष स्थानमा रहेको चितवन अपराजित रहँदै फाइनलमा पुग्न चाहन्छ ।

चितवन विजयी भए १० अंक सहित फाइनलमा पुग्ने छ । पराजित भएमा बुधबार विराटनगर र बुटवलबीचको नतिजा चितवनले पर्खनुपर्छ । बुटवल पराजित भए चितवनलाई नेट रनरेटको कुनै झन्झट हुने छैन । स्वतः फाइनलमा पुग्नेछ । नेट रन रेट धेरै राम्रो हुँदा चितवन पराजित हुँदा र उता बुटवल विजयी भए पनि फाइनल पुग्ने समिकरण बलियो छ ।

काठमाडौं पराजित भए विराटनगर र बुटवलबीचको नतिजा पर्खनुपर्छ । काठमाडौं फराकिलो अन्तरले पराजित भएको खण्डमा र उता विराटनगरले विशाल जित निकाले प्लेअफ कठिन बन्ने छ । नेट रन रेट काठमाडौंको बलियो हुँदा सामान्य अन्तरको हार र विराटनगर सामान्य अन्तरले विजयी भएको खण्डमा प्ले अफमा पुग्ने छ ।

यता चितवन विजयी भए बुटवलको फाइनलको आशा सकिने छ । धनगढीले विराटनगर र काठमाडौंको फराकिलो हार चाहन्छ । काठमाडौं विजयी हुँदा विराटनगर र धनगढी प्ले अफबाट बाहिरिने छन् । चितवन ब्याटिङ र बलिङ दुबैमा अब्बल देखिएको छ । बलिङमा करण केसी र भुवन कार्की उत्कृष्ट लयमा छन् । आरिफ शेखको लय उत्कृष्ट छ । विराटनगरविरुद्ध ३९ र धनगढीविरुद्ध ४७ रनको उत्कृष्ट इनिङ खेलेका आरिफलाई रोक्न काठमाडौंका बलरलाई कठिन पर्ने देखिन्छ । सन्नी पटेल, पारस खड्का, रोन मुस्तफा र बाबर हायत प्रमुख हतियार हुन् । बलियो चितवनलाई हराउन काठमाडौंलाई सहज हुने छैन ।

काठमाडौंको लागि गौरव तोमरको खराब लय चिन्ताको विषय हो । प्रमुख ब्याट्सम्यान गौरव विराटनगर र धनगढीसँग शून्यमा आउट भएका थिए । बुटवलसँग १ र पोखरासँग १३ रन मात्रै जोडेका थिए । शीर्षक्रमका ब्याट्सम्यानको तोमरको खराब लयको कारण काठमाडौं केहि दबाबमा देखिन्छ । धनगढीविरुद्ध शतक प्रहार गरेका कप्तान ज्ञानेन्द्र मल्ल र विराटनगरविरुद्ध अर्धशतकीय इनिङ खेलेका जय किशन कोल्सावाला उसका प्रमुख हतियार हुन् ।

विराटनगरका दुई स्पिनर पुनित मेहरा र साहब आलमको बलमा चितवनलाई रन जोड्न कठिन परेको थियो । त्यसैले काठमाडौंले आज तीब्र गतिका बलर अमृत भट्टाईको स्थानमा युवा स्पिनर सुर्य तामाङलाई मौका दिन सक्ने संभावना रहन्छ । चितवनले पहिलो खेलमा पोखरालाई ६ विकेट र दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको पराजित गरेको थियो । तेस्रो खेलमा चितवनले धनगढीलाई ५२ रन र चौथोमा विराटनगरलाई १८ रनले हराएको थियो । काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो । काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो खेलमा धनगढीलाई काठमाडौंले १ सय ६ रन विराटनगरलाई ३६ रनले हराएको थियो ।

अंक तालिका :

चितवन ४ खेलमै जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । ४ खेल मध्य ३ मा जित र १ मा बेहोरेको बुटवल ६ अंकका साथ दोस्रो स्थानमा छ । ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंक जोड्दै काठमाडौं तेस्रो स्थानमा छ । ५ खेलमा ३ मा हार र २ मा जित सहित धनगढी काठमाडौं चौथो स्थानमा छ । ४ खेलमा १ मा जित र ३ मा हार सहित विराटनगर पाँचौ स्थानमा छ । ५ खेलमा ४ मा हार १ मा जित सहित पुछारमा रहँदै पोखरा बाहिरि सकेको छ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.