5 years ago
December 24, 2019
एजेन्सी – भारतले घरेलु मैदानमा हुने श्रीलंकासँगको तीन टि ट्वान्टी तथा अष्ट्रेलियासँगको तीन एक दिवसिय खेलको सिरिजका लागि टोली घोषणा गरेको छ ।
विराट कोहलीको कप्तानीमा घोषणा भएको टोलीमा तीब्र गतिका बलर जसप्रित बुमराह र ओपनर शिखर धवनले टोलीमा पुनरागमन गरेका छन् । शिखर धवन सैद मुस्तफा अली ट्रर्फीको क्रममा घाइते भएका थिए । त्यस्तै बुमराह गत अक्टोबरमा दक्षिण अफ्रिकाको टेष्ट सिरिज घाइते हुन पुगेका थिए । भारतले हालै सकिएको वेस्ट इन्डिजलाई टि ट्वान्टी र वान डे दुबै सिरिज २– १ ले जितेको थियो । भारतले तीब्रका बलर मोहम्मद शामी र उप कप्तान रोहित शर्मालाई श्रीलंकासँगको टि ट्वान्टीको सिरिजमा आराम दिएको छ ।
यता महेन्द्र सिंह धोनी अझैं भारतीय टोलीमा फर्किएका छैनन् । एकदिवसिय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग खेलेका धोनी त्यसयता बाहिर रहँदै आएका छन् । धेरै क्रिकेट विश्लेषकहरुले धोनीले आगमी वर्षको टि ट्वान्टी विश्वकप सम्म खेल्ने इच्छा राखेको बताउँदै आएका छन् । यसबारे धोनीले जनवरीसम्म केहि नबोल्ने बुझिएको छ ।
श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेल पुष २०, दोस्रो पुष २२ र तेस्रो तथा अन्तिम खेल पुष २५ मा हुने छ । अष्टे«लियासँगको पहिलो वान डे खेल पुष २९ मा हुने छ । दोस्रो माघ ३ र तेस्रो तथा अन्तिम खेल माघ ५ मा हुने छ ।
श्रीलंकाविरुद्ध भारतीय टोली :
विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस ऐर, मनिष पाण्डे, सञ्जु स्यामसन, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, युजभेन्द्र चहल, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, नवदीप सैनी, जसप्रित बुमराह र वाशिन्टन सुन्दर
अष्ट्रेलिया विरुद्ध भारतीय टोलीः
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस ऐर, मनिष पाण्डे, केदार जाधव, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, युजभेन्द्र चहल, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, नवदीप सैनी र जसप्रित बुमराह
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]