5 years ago
December 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा जारी बिएमडब्लू कप टि ट्वान्टी प्रतियोगिता अन्तर्गत तेस्रो आइतबार भएको खेलमा हिम अष्ट्रेलिया क्रिकेट क्लब, नार्रे किंग्स र द हिमालयन क्रिकेट क्लब विजयी भएका छन् ।
पहिलो खेलमा हिम क्रिकेट क्लबले एक्स्पर्ट क्रिकेट क्लबलाई ४० रनले हरायो । टस जितेर ब्याटिङ थालेको हिमले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । हिमको लागि पुर्व राष्ट्रिय खेलाडी युनिल श्रेष्ठले ६० बलमा ४ चौका र २ छक्का सहित ८८ रनको योगदान दिए । त्यस्तै सुरज ४२ रनमा अविजित रहे । एक्स्पर्टका नविन र शक्तिले १-१ विकेट लिए ।
१ सय ७५ रनको लक्ष्य पछ्याएको एक्स्पर्ट निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । उसका दीपेश १४, तारा ३९ र चिरञ्जीवि १४ रन जोडे । उसका युनिल श्रेष्ठ म्यान अफ म्याच घोषित भए ।
अर्को खेलमा द हिमालयन क्रिकेट क्लबले ब्रिलियन्ट क्रिकेट क्लबलाई ७ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको ब्रिलियन्टले ४ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । उसका सुदीपले ४३, सुबिन ४२, अजय २० र सुजनले ३० रन जोडे । सुरजले २ विकेट लिए । १ सय ६६ रनको लक्ष्य द हिमालयनले २० ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । उसका रोबिनले ६६, निशान्त ४४ र सन्दीपले १७ रन जोडे । सुमितले २, अजय र सबिनले १-१ विकेट लिए । त्यस्तै अर्को खेलमा नार्रेले गोर्खाली क्रिकेट क्लबलाई ९ विकेटले हरायो ।
मेलबर्नको नेपाली समुदायहरुको ८ क्रिकेट क्लबको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउट को आधारमा सञ्चालन हुने छ । प्रतियोगिता लिगकम नकआउटमा हुने छ। खेल हरेक कप्तानको आइतबार हुने ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]