5 years ago
December 23, 2019
पोखरा (हाम्रो खेलकुल) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनले लिग चरणको अन्तिम खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई ८० रनको सामान्य लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको साविक विजेता पोखरा १६.३ ओभरमा ७९ रनमा अल आउट भएको हो । धनगढीको कसिलो बलिङ र चुस्त फिल्डीङसामु साविक विजेता पोखराका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । दोस्रो ओभरको दोस्रो बलमा कमलसिंह ऐरीले सागर ढकालबाट ओनपर कुशल भुर्तेललाई ६ रनमा क्याच आउट गराए ।
भारतीय तीब्र गतिका बलर दीपक पुनियाको तेस्रो ओभरको तेस्रो बलमा कप्तान शरद भेषावकर हिट विकेट आउट हुँदै ४ रनमा पेभिलिएन फर्के । उनले डिप स्क्वायर लेगतर्फ सट प्रहार गर्नेक्रममा ब्याट स्विङ हुँदै स्टम्पमा लागेको थियो । लगत्तै एक बल पछि पुनियाले पोखराका प्रमुख ब्याट्सम्यान रवि इन्दर सिंहलाई शून्यमा विकेटकीपर सुवेन्दु पाण्डेबाट क्याच आउट गराएपछि पोखरा संकटमा परेको थियो ।
आठौं ओभरको पाँचौ बलमा स्पिनर अनिल खरेलले विकेटकीपर विनोद भण्डारीलाई १२ रनमा बोल्ड आउट गरे । विनोदले १५ बलमा १ चौका प्रहार गरे । दशौं ओभरको दोस्रो बलमा कुशल मल्ल २ रनमा रन आउट हुन पुगे । निरन्तर गुमि रहेको पोखराको विकेट पतन कुनै पनि ब्याट्सम्यानले समाल्न नसक्दा सस्तैमा समेटिएको हो ।
११ औं ओभरको दोस्रो बलमा सागर ढकालले कृष्ण कार्कीलाई दीपकबाट १ रनमा क्याच आउट गराउँदा पोखरा ६८–६ को कमजोर अवस्थामा पुगेको थियो । सागरको यसै ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने क्रममा रोहित कुमार पौडेल उत्कृष्ट क्याचको शिकार बने । रोहितले लङ अनमा गरेको प्रहार अमित यादवले बाउन्ड्रीमा उत्कृष्ट जम्प हान्दै बचाए र आफू बाउन्ड्रीबाहिर पुग्न लाग्दा मैदानभित्र रहेका फिर्दोस अन्सारीलाई बल दिँदै शून्यमा क्याच गराएपछि पोखराबाट ठूलो योगफलको संभावना टाढिएको थियो ।
१२ औं ओभरको पाँचौ बलमा अनिल खरेलले आशिफ शेखलाई ३२ रनमा एलबीडब्लू आउट गरे । आशिफले २९ बलमा ४ चौका प्रहार गरे । सर्वजीत लड्डा ४ रनमा नट आउट रहे । युवा स्पिनर अनिल खरेलले ४ ओभरमा मात्रै १५ रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । भारतीय तीब्र गतिका बलर दीपक पुनियाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । युवा तीब्र गतिका बलर कमल सिंह ऐरीले २.३ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]