default_image

5 years ago

December 22, 2019

कोहली चम्कँदा भारतलाई सिरिज

129 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजसँगको तीन वान डे सिरिज घरेलु टोली भारतले जितेको छ । आइतबार राती वेस्ट इन्डिजलाई तेस्रो तथा अन्तिम वान डे खेलमा ४ विकेटले हराउँदै भारतले सिरिज २–१ ले जितेको हो ।

जितमा लागि ३ सय १६ रनको विशाल लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा कप्तान विराट कोहलीले सर्वाधिक ८५ रनको योगदान दिए । ४७ औं ओभरको पहिलो बलमा किमो पलले बोल्ड आउट गनु अघि विराटले ८१ बलमा ९ चौका प्रहार गरे ।

ओपनर रोहित शर्माले ६३ बलमा ८ चौका र १ छक्का सहित ६३ रन जोडे । रोहितलाई जेसन होल्डरले विकेटकीपर शाई होपबाट कट बिहान्ड क्याच आउट गराएका थिए । त्यस्तै अर्का ओपनर लोकेश राहुलले ७७ रनको उत्कृष्ट इनिङ खेले । अल्जारी जोसेफले शाई होपबाट क्याच आउट गराउनु अघि लोकेशले ८९ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

रोहित र लोकेशले २१.२ ओभरमा १ सय २२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । श्रेयस ऐर र ऋषभ पन्त समान ७ रनमा आउट भए । रविन्द्र जडेजा ३१ बलमा ४ चौका सहित ३९ रनमा अविजित रहे । शार्दुल ठाकुर ६ बलमा २ चौका र १ छक्का सहित १७ रन जोड्दै जित पक्का गरे । वेस्ट इन्डिजका लागि किमो पलले ९.४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । अज्जारी जोसेप, जेसन होल्डर र शेल्डन कट्रेलले १–१ विकेट लिए ।

त्यसअघि कटकस्थित बरबती स्टेडियममा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १५ रन जोडेको थियो । कप्तान काइरान पोलार्ड र निकोलस पुरनले अन्तिम ओभरतिर आक्रामक ब्याटिङ गरेपछि वेस्टइन्डिजले ३ सय रनको आँकडा पार गरेको थियो । अन्तिम ३ ओभरमा मात्र वेस्टइन्डिजले ५३ रन जोडेको थियो ।

ओपनर एभिन लेविसले २१ र शाइ होपले उत्कृष्ट लयलाई कायम राख्दै ४२ रनको योगदान दिएपछि वेस्टइन्डिजले मध्यम सुरुवात पाएको थियो । रोस्टन चेजले ४८ बलमा ३८ र शिम्रन हेटमायारले ३३ बलमा ३७ रन जोड्दै वेस्टइन्डिजको रनगतिलाई अगाडी बढाएका थिए । चेज ३२ औं ओभरको तेस्रो बलमा नवदीप सैनीको बलमा बोल्ड हुँदा वेस्ट इन्डिज १४४-४ को स्थितिमा थियो ।

त्यसपछि पुरन र पोलार्दले पाँचौ विकेटका लागि १ सय ३५ रनको साझेदारी गरे । पुरनले ६४ बलमा ८९ रनको आक्रामक इनिङ खेले । उनले १० चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान पोलार्डले ५१ बलमा नटआउट ७४ रन जोड्ने क्रममा ३ चौका ७ छक्का प्रहार गरे । जेसन होल्डर ७ रनमा नटआउट रहे ।

भारतका लागि सैनीले २ विकेट लिँदा शार्दुल ठाकुर, मोहमद शामी र रविन्द्र जडेजाले १-१ विकेट हात पारे । सैनीको यो ओडीआईमा डेब्यू खेल हो । पहिलो खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले हराएको थियो । दोस्रो खेलमा भने भारत १ सय ७ रनले विजयी भएको छ । भारतले तीन टि ट्वान्टी सिरिज पनि २-१ ले जितेको थियो ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.