default_image

5 years ago

December 22, 2019

एकै इनिङमा चार शतक!

87 views

0 Bookmark

एजेन्सी – श्रीलंकासँगको दोस्रो टेष्ट अन्तर्गत दोस्रो इनिङमा पाकिस्तानका चार ब्याट्सम्यानले शतक प्रहार गरेका छन् । चार ब्याट्सम्यानले शतक प्रहार गरेपछि पाकिस्तानले दोस्रो इनिङमा ५५५–३ मा इनिङ समाप्तीको घोषणा गरेको छ ।

ओपनर शन मसुदले १ सय ९८ बलमा ७ चौका र ३ छक्का सहित १ सय ३५ रनको शतकीय इनिङ खेले । त्यस्तै लगातार दोस्रो टेष्ट खेलमा आविद अलीले २ सय ८१ बलमा २१ चौका र १ छक्का सहित १ सय ७४ रन जोडे । श्रीलंकासँगको पहिलो टेष्टमा डेब्यू खेलमा पनि आबिदले कीर्तिमानी शतक प्रहार गरेका थिए ।

आविद टेष्ट र वान डे दुबैको डेब्यूमा शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । कप्तान अजहर अली १ सय ५७ बलमा १३ चौका सहित १ सय १८ रनमा स्टम्पिङ आउट भए । युवा ब्याट्सम्यान बाबर आजम १ सय ३१ बलमा ७ चौका र १ छक्का सहित एक सय रनमा अविजित रहे । पहिलो विकेटका लागि आविद र शन मसुदले ६८.३ ओभरमा २ सय ७८ रनको गरेका थिए । त्यस्तै तेस्रो विकेटका लागि अजहर अली र बाबर आजमले १ सय ४८ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

टेष्ट इतिहासमा शीर्ष चार ब्याट्सम्यानले शतक प्रहार गरेको यो दोस्रो पटक हो । यस अघि सन् २००७ मा बंगलादेशविरुद्ध भारतका शीर्ष चार ब्याट्सम्यानले शतक प्रहार गरेका थिए । पाकिस्तान पहिलो इनिङमा १ सय ९१ रनमा समेटिएको थियो । सम्रगमा पाकिस्तानले श्रीलंकालाई ४ सय ७६ रनको लक्ष्य दिएको छ । चौथो दिनको खेल सकिदा श्रीलंका २१२–७ को अवस्थामा पुग्दै हार नजिक छ ।

पहिलो इनिङमा श्रीलंका २ सय ७१ रनमा अल आउट भएको थियो । दोस्रो इनिङमा ओशदा फर्नान्डो १ सय ७५ बलमा १३ चौका सहित १ सय २ रनमा खेलि रहेका छन् । उनको यो टेष्ट करिअरको पहिलो शतक हो । पाकिस्तानका लागि युवा बलर नसीम शाहले ३ विकेट लिएका छन् । दुई टेष्टको श्रीखलामा पहिलो टेष्ट ड्र भएको थियो ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.