default_image

5 years ago

December 22, 2019

पीपीएल प्लेअफ : एक स्थानका लागि चारै टोलीको सम्भावना

81 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोज र बुटवल ब्लास्टर्स एक खेल अगावै प्ले अफमा पुगेका छन् । शीर्षस्थानमा हुने टोलीको निर्धारण अन्तिम चरणको खेलको नतिजाले लगाउने छ ।

हाल दोस्रो स्थानमा रहेको बुटवलको भन्दा शीर्षस्थानमा रहेको चितवनको नेट रनरेट धेरै राम्रो छ । त्यसैले अन्तिम खेलमा चितवन पराजित भएपनि शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुग्ने सम्भावना बलियो छ । चितवन चार खेलमै जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । चितवनले अन्तिम खेलमा मंगलबार काठमाडौं गोल्डेन्सलाई पराजित गरे १० अंकका साथ स्वतः फाइनलमा पुग्ने छ ।

काठमाडौंसँग पराजित भएपनि चितवनलाई खासै फरक पर्ने छैन । बुटवलले बुधबार विराटनगर टाइटन्ससँग खेल्ने छ । बुटवल विजयी भएर मात्र पुग्दैन । उता काठमाडौंसँग चितवनले फराकिलो अन्तरको हार बेहोर्नुपर्छ । दुवै जित अकल्पनीय अन्तरको हुनुपर्छ । चितवनको नेट रन रेट २.९६२ छ भने बुटवलको –०.६४४ छ । त्यसैले चितवन पराजित हुँदा र वुटवल विजयी भएपनि चितवनको फाइनल पक्का जस्तै देखिन्छ ।

एक प्ले अफको लागि अझै पनि चारै टोलीको अंक गणितीय संभावना छ । तुलनात्मक रुपमा काठमाडौंको संभावना बलियो छ । काठमाडौं ४ खेलमा समान २ मा हार र जित सहित तेस्रो स्थानमा छ । अन्य दुई टोलीको भविष्य पनि काठमाडौंको नतिजाले निर्धारण गर्ने छ । अन्य तीनै टोलीको नेट रन रेट माइनसमा(–) छ ।

काठमाडौंले अन्तिम खेलमा चितवनलाई पराजित गरे स्वतः प्ले अफमा पुग्ने छ । काठमाडौंको जितसँगै अन्य दुई टोली पनि बाहिरिने छन् । पराजित भएको खण्डमा अन्य टोलीको आशा कायमै रहने छ । नेट रन रेटले निर्धारण गर्ने छ । काठमाडौंको नेट रन रेट १.३०१ हुँदा पराजित हुँदा पनि प्ले अफ समिकरण बलियो छ ।

४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेको विराटनगरले अन्तिम खेल बुधबार बुटवल ब्लास्टर्ससँग खेल्ने छ । जुन खेलमा विराटनगरले विशाल जित निकाल्न सके र यता काठमाडौं फराकिलो अन्तरले पराजित भए प्ले अफको झिनो अंक गणितीय संभावना छ । विराटनगरको नेट रनरेट  – ०.१७५ छ ।

सोमबार पाँचौ स्थानमा रहेको पोखरा पल्टन र पुछारमा रहेको धनगढीबीच प्रतिस्पर्धा हुनेछ । पराजित हुने टोली औपचारीक रुपमा बाहिरिने छ । विजयी हुने टोलीको ४ अंक हुने छ । जित अकल्पनीय अन्तरको हुनुपर्छ । साथै काठमाडौंले पनि चितवनसँग फराकिलो हार बेहोरेको खण्डमा ४–४ अंक हुने छ । जसबाट नेट रनरेटको आधारमा प्ले अफको संभावना देखिन्छ । पोखराको नेट रन रेट –१.१०६ छ भने धनगढीको –२.३६४ छ । धनगढीको नेट रनरेट धेरै पछाडी हुँदा सबै नतिजा आफु अनुकूल आएपनि अघिल्लो चरणको पुग्ने असम्भवप्राय छ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.