5 years ago
December 22, 2019
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान निकोलस पुरन र कप्तान काइरान पोलार्डले आक्रामक ब्याटिङ गरेपछि वेस्टइन्डिजले भारतविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
कटकस्थित बरबती स्टेडियममा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय १५ रन जोड्यो । पोलार्ड र पुरनले अन्तिम ओभरतिर आक्रामक ब्याटिङ गरेपछि वेस्टइन्डिजले ३ सय रनको आँकडा पार गरेको थियो । अन्तिम ३ ओभरमा मात्र वेस्टइन्डिजले ५३ रन जोडेको थियो ।
ओपनर एभिन लेविसले २१ र शाइ होपले उत्कृष्ट लयलाई कायम राख्दै ४२ रनको योगदान दिएपछि वेस्टइन्डिजले मध्यम सुरुवात पाएको थियो । रोस्टन चेजले ४८ बलमा ३८ र शिम्रन हेटमायारले ३३ बलमा ३७ रन जोड्दै वेस्टइन्डिजको रनगतिलाई अगाडी बढाएका थिए । चेज ३२ औं ओभरको तेस्रो बलमा नवदीप सैनीको बलमा बोल्ड हुँदा वेस्ट इन्डिज १४४-४ को स्थितिमा थियो ।
त्यसपछि पुरन र पोलार्दले पाँचौ विकेटका लागि १ सय ३५ रनको साझेदारी गरे । पुरनले ६४ बलमा ८९ रनको आक्रामक इनिङ खेले । उनले १० चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान पोलार्डले ५१ बलमा नटआउट ७४ रन जोड्ने क्रममा ३ चौका ७ छक्का प्रहार गरे । जेसन होल्डर ७ रनमा नटआउट रहे ।
भारतका लागि सैनीले २ विकेट लिँदा शार्दुल ठाकुर, मोहमद शामी र रविन्द्र जडेजाले १-१ विकेट हात पारे । तीन खेलको ओडीआई सिरिजमा पहिलो खेल वेस्टइन्डिज र दोस्रो खेल भारतले जितेको थियो ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]