default_image

5 years ago

December 22, 2019

धनगढीलाई हराउँदै बुटवल प्लेअफमा

87 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटवल ब्लास्टर्सले धनगढी एक्स्पर्टलाई ७ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको छ । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

बुटवललाई सहज जित दिलाउन ओपनर अफ्ताब उदीन अहमदले २३ बलमा ७ छक्का र १ चौका सहित ५२ रनको आक्रामक इनिङ खेले । अफ्ताबले २२ बलमै अर्ध शतक पुरा गरेका थिए । दीपक पुनियाको पाँचौ ओभरको चौथो बलमा दिल स्कुप शट खेल्नेक्रममा अफ्ताब विकेटकीपर सुबेन्दु पाण्डेबाट क्याच आउट हुन पुगे । पहिलो विकेटका लागि अफ्ताब र शंकर रानाले ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । जुन साझेदारीमा अफ्ताबको ५२ रन र अतिरिक्त एक थियो ।

१० औं ओभरको तेस्रो बलमा अनिल खरेलले हर्ष टोन्कलाई दीपक पुनियाबाट ४० रनमा क्याच आउट गराए । आक्रामक ब्याटिङ गरेका टोन्कले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । शंकर राना २५ रनमा स्टम्पिङ आउट भए । शंकरले ३१ बलमा ३ चौका प्रहार गरे । शिवम सिंह १५ र भिम सार्की ७ रनमा अविजित रहे । धनगढीका लागि अनिल खरेलले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । दीपक पुनियाले १ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको एक्स्पर्ट धनगढी ब्लुज १९.५ ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो । कप्तान दीपेन्द्र सिंह एरीले ६१ रनको उत्कृष्ट इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । अभिनास बोहराको १८ औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्र बाउन्ड्री लाइन नजिकै शंकर रानाबाट क्याच आउट हुन पुगे । दीपेन्द्रले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

दोस्रो आभरको दोस्रो बलमा ललित सिंह भण्डारीले ओपनर सुबेन्दु पाण्डेलाई एक रनमा बोल्ड आउट गरे । तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले रोड्रिगो थोमसलाई ५ रनमा बोल्ड आउट गरे। चौथो ओभरको तेस्रो बलमा ललितले सन्दीप रजालीलाई नितेश थापाबाट शून्यमा क्याच आउट गराएपछि धनगढी १३–३ को कमजोर अवस्थामा पुगेको थियो ।

खराब सुरुवात गरेको धनगढीलाई दीपेन्द्र र सन्दीप जोराले चौथो विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासेका थिए। तर १५ औं ओभरको पहिलो बलमा दुई रन लिनेक्रममा सन्दीप जोरा ३९ रनमा रन आउट हुन पुगे । जोराले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । १६ औं ओभरको पाँचौ बलमा अभिनास बोहराले दीपक पुनिँयालाई ४ रनमा बोल्ड आउट गरेका थिए ।

१९ औं ओभरको दोस्रो बलमा ललितले सौरव खानलाई १० रनमा भिम सार्कीबाट क्याच आउट गराए । अमित यादव ७ रन मा रन आउट हुँदा कमल सिंह ऐरी १ रनमा क्याच आउट भए । तीव्र गतिका बलर अभिनास बोहराले ३.५ ओभरमा २६ रन ४ खर्चेर विकेट लिए । ललितसिंह भण्डारीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।

पहिलो खेलमा बुटवलले काठमाडौं गोल्डेन्स वारियर्सलाई सुपर ओभरमा हराएको थियो । चितवन राइनोजसँग बुटवल १ सय १९ रनको फराकिलो अन्तरले पराजित हुँदा पोखरा पल्टलनलाई ८ विकेटले हराएको थियो । अन्तिम खेलमा बुटवलले विराटनगर टाइटन्ससँग बुधबार खेल्ने छ ।

यो हारसँगै धनगढीको अघिल्लो चरणको संभावना अंक गणितीय बाँकी रहेको छ । पहिलो खेलमा विराटनगर टाइटन्सलाई ५ रनले हराएको धनगढीले लगातार तीन खेलमा पराजित भएपछि अघिल्लो चरण अंक गणीतिय संभावना मात्रै बाँकी रहेको हो । धनगढीले अन्तिम खेलमा पोखरा पल्टनसँग सोमबार खेल्ने छ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.