5 years ago
December 22, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्ध शतकमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको धनगढी १९.५ ओभरमा १ सय ४० रनमा अलआउट भयो । धनगढीका लागि कप्तान दीपेन्द्र सिंह एरीले सर्वाधिक ६१ रनको योगदान दिए । अभिनास बोहराको १८ औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्र बाउन्ड्री लाइन नजिकै शंकर रानाबाट क्याच आउट हुन पुगे । दीपेन्द्रले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
दोस्रो आभरको दोस्रो बलमा ललित सिंह भण्डारीले ओपनर सुबेन्दु पाण्डेलाई एक रनमा बोल्ड आउट गरे । तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले रोड्रिगो थोमसलाई ५ रनमा बोल्ड आउट गर्दै राम्रो सुरुवात दिलाए । चौथो ओभरको तेस्रो बलमा ललितले सन्दीप रजालीलाई नितेश थापाबाट शून्यमा क्याच आउट गराएपछि धनगढी १३–३ को कमजोर अवस्थामा पुगेको थियो ।
खराब सुरुवात गरेको धनगढीलाई दीपेन्द्र र सन्दीप जोराले मिलेर चौथो विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासे । तर १५ औं ओभरको पहिलो बलमा दुई रन लिनेक्रममा सन्दीप जोरा ३९ रनमा रन आउट हुन पुगे । जोराले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । १६ औं ओभरको पाँचौ बलमा अभिनास बोहराले दीपक पुनिँयालाई ४ रनमा बोल्ड आउट गरे ।
१९ औं ओभरको दोस्रो बलमा ललितले भिम सार्कीबाट सौरव खानलाई १० रनमा क्याच आउट गराए । अमित यादव ७ रन मा रन आउट हुँदा कमल सिंह ऐरी १ रनमा क्याच आउट भए । तीव्र गतिका बलर अभिनास बोहराले ३.५ ओभरमा २६ रन ४ खर्चेर विकेट लिए । ललितसिंह भण्डारीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]