default_image

5 years ago

December 22, 2019

सन्दीप सम्मिलित मेलबर्न स्टार्सको लगातार दोस्रो जित

81 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबार मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको छ ।

जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको होबार्ट १६ ओभरमा १ सय ११ रनमा अल आउट भयो । होबार्टका लागि ओपनर कावेल ज्वेलले २१ बलमा ४ चौका सहित २५ रन जोडे । त्यस्तै तल्लोक्रममा क्लाइव रोस १८ बलमा १ चौका र ३ छक्का सहित ३२ रनमा अविजित रहे । मेलबर्न स्टार्सका हरिस रउफले ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए । कप्तान ग्लेन म्याक्सवेलले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । एडम जम्पाले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । सन्दीपले ३ ओभरमा १८ रन खर्चिदै १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको मेलबर्न स्टार्सले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । ओपनर मार्कुस स्टोइनिस ५४ रनमा ७ चौका र ५ छक्का सहित ८१ रनमा अविजित रहे। पहिलो विकेटका लागि निक म्याडिसन र स्टोइनिसले १०.१ ओभरमा ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए ।

निकलाई रिले मेरीडिथले ४० रनमा क्याच आउट गराए । उनले ३९ बलमा ८ चौका प्रहार गरे । कैस अहमदले बेन डंकलाई १९ रनमा बोल्ड आउट गरे । कप्तान ग्लेन म्याक्सवेललाई रिलेले अहमदबाट २ रनमा क्याच आउट गराए । रिलेनै पिटर ह्यान्ड्सकम्बलाई ३ रनमा बोल्ड आउट गरे । हिल्टन कार्टराइट १३ रनमा अविजित रहे । रिले मेरीडिथले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कैस अहमदको नाममा १ विकेट रह्यो ।

यस्तो रह्यो सन्दीपको तीन ओभर

सन्दीप सातौं ओभरमा बलिङ गर्न आएका थिए । सन्दीपले पहिलो र दोस्रो बलमा राइटलाई डट राखे । तेस्रो बलमा लेग वाईको रुपमा १ रन र चौथौ बल वाइड फाले । चौथो बलमा कावेल जेवेललाई १ र पाँचौ बल डट राखे । अन्तिम बलमा १ रन मात्रै खर्चिए । सन्दीपले नवौं ओभरमा २ रन खर्चेर १ विकेट लिए । पहिलो बलमा ज्वेवलाई डट र दोस्रोमा २५ रनमा क्याच आउट गराए । राइटलाई सन्दीपले तेस्रो बल डट र चौथो बलमा १ रन दिए । पाँचौ बलमा १ रन अन्तिम बलमा डट राखे ।

१४ औं ओभरमा सन्दीपले १४ रन खर्चिए । पहिलो बलमा रोसले एक रन लेग वाईको रुपमा बटुले । दोस्रो बलमा नाथन इल्सलाई १ र तेस्रो बलमा ५ रन खर्चिन पुगेका । म्याक्सवेलले डाइरेक्ट हिट हान्दा बल चौका गएको थियो । चौथो बलमा बल डट राखे । पाँचौमा १ रन दिदा छैटौंमा रोसले छक्का प्रहार गरेका थिए ।

सन्दीपले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिएका थिए । उक्ट खेलमा मेलबर्न २२ रनले विजयी भएको थियो । तेस्रो खेलमा मेलबर्न स्टार्सले शुक्रबार एडिलेड स्ट्राइकर्ससँग खेल्ने छ ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.