default_image

5 years ago

December 22, 2019

आरिफ र सन्नीको विष्फोटक ब्याटिङमा चितवनको बलियो योगफल

79 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सिनियर टोलीका युवा ब्याट्सम्यान आरिफ शेख र भारतीय अलराउन्डर सन्नी पटेलले तल्लोक्रममा आक्रामाक ब्याटिङ गरेपछि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय ४७ रनको लक्ष्य दिएको छ ।

पोखरा रंशालामा टस हारेर ब्याटिङ थालेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । तल्लोक्रममा आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ३ चौका र ३ छक्का सहित ३९ रनमा अविजित रहे । सन्नी पटेल ८ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे ।

पाँचौ विकेटका लागि मात्रै १६ बलमा आरिफ र सन्नीले ५४ रनको साझेदारी गरेपछि चितवन बलियो योगफलमा पुगेको हो । १९ औं ओभरमा जितेन्द्र मुखियालाई ३ छक्का र १ चौका सहित सन्नी पटेलले कुल २७ रन बटुलेका थिए । सामान्य योगफलतर्फ अग्रसर चितवनलाई यी दुईको ब्याटिङले बलियो योगफलमा पुर्याएको थियो ।

तेस्रो ओभरको पाँचौ बलमा जितेन्द्र मुखियाले ओपनर रोहन मुस्तफालाई विकेटकीपर राजु रिजालबाट ७ रनमा क्याच आउट गराए । मोहम्मद जैद आलमको ११ औं ओेभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा कप्तान पारस खड्का नोमन खानबाट ३५ रनमा समातिए । पारसले ३८ बलमा ५ चौका प्रहार गरे । दोस्रो विकेटका लागि पारस र बाबर हायतले ४७ रनको साझेदारी गरेका थिए । १४ औं ओभरको अन्तिम बलमा पुनित मेहराले अनिल कुमार शाहलाई ३ रनमा बोल्ड आउट गरे ।

मध्यक्रममा दुई स्पिनर पुनित मेहरा र साहब आलमले कसिलो बलिङ गरेपछि चितवनलाई दबाबमा राखेपनि विराटनगर अन्त्यतिर चुकेको थियो । १८ औं ओभरको दोस्रो बलमा युवा तीब्र गतिका बलर किशोर महतोले बाबरलाई २५ रनमा राजुबाट क्याच गराएपछि थप दबाबमा परेको थियो । बाबरले ३१ बलमा २ चौका प्रहार गरे ।

स्पिनर साहब आलमले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चिए । पुनित मेहराले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । मोहम्मद जैद र किशोर महतोको नाममा १-१ विकेट रह्यो ।

February 27, 2025

सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौंको जित

काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

Success

Thank you for your time.