5 years ago
December 21, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्स वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले हराएको छ । योसँगै काठमाडौंको अघिल्लो चरणको यात्रा कायमै राखेको छ ।
१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९.४ ओभरमा १ सय २३ रनमा अल आउट भयो । सुरुवातनै देखीनै खराब ब्याटिङ गरेको विराटनगरको लागि ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । दोस्रो ओभरको पहिलो बलमै ओपनर सुनिल धमला १ रनमा क्याच आउट भए । धमलालाई सुवोध भाटीले पवन सरार्फबाट क्याच आउट गराए ।
धमला आउट भएको तीन बल पछि अर्का ओपनर मोहम्मद जैद आलम ज्ञानेन्द्र मल्लबाट १ रनमा क्याच आउट भए । तेस्रो ओभरको चौथो बलमा अमृत भट्टाईले राजु रिजाललाई १ रनमा विकेटकीपर जयकिशन कोल्सावालाबाट क्याच गराए । विराटनगरको विकेट पतन निरन्तर जारि रह्यो ।
आठौं ओभरको अन्तिम बलमा वसन्त रेग्मीले राजेश पुलामी मगरलाई २ रनमा अमृतबाट क्याच गराए । लगत्तै नवौं ओभरको दोस्रो बलमा कप्तान प्रदीप एरीलाई सुसन भारीले २९ रनमा एलबी डब्लू आउट गरे । प्रदीपले २७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । दीलिप नाथलाई वसन्तले १ रनमा एलबी डब्लू आउट गरेपछि विराटनगर ४१–६ को कमजोर अवस्थामा पुगेको थियो ।
सातौं विकेटका लागि दुइ विदेशी खेलाडी पुनित मेहरा र नोमन खानले ७९ रनको साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् । १९ औं ओभरको दोस्रो पहिलो बलमा नोमन खान दुई रन लिनेक्रममा २५ रनमा रन आउट हुन पुगे । नोमनले २६ बलमा १ छक्का प्रहार गरे । लगत्तै दोस्रो बलमा सुवोधले पुनितलाई ५३ रनमा एलबी डब्लू आउट गरेपछि विराटनगरको जितको संभावना सकिएको थियो । पुनितले ३१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।
काठमाडौंका सुवोध भाटीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अनुभवी स्पिनर वसन्त रेग्मीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अमर सिंह रौउटेलाले १.४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । सुसन भारी र अमृट भट्टाईले १(१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालामा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । ओपनर जयकिशन कोल्सावालाले ५५ रनको योगदान दिए। पुनित मेहराको १५ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने क्रममा साहव आलमबाट क्याच आउट हुनु अघि जयकिशनले ४३ बलमा ५ चौका र २ छक्का प्रहार गरे । जयकिशन र कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए ।
किशोर महतोले पहिलो ओभरको अन्तिम बलमा ओपनर गौरव तोमरलाई शून्यमा साहवबाट क्याच आउट गराए । छैटौं ओभरको अन्तिम बलमा नोमन खानले अमित श्रेष्ठलाई १७ रनमा बोल्ड आउट गरे । अमितले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
१७ औं ओभरको पाँचौ बलमा पुनितले कप्तान ज्ञानेन्द्रलाई जितेन्द्र मुखियाबाट क्याच गराए । ज्ञानेन्द्रले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा सुवोध भाटीलाई जितेन्द्र मुखियाले नोमनबाट १४ रनमा क्याच आउट गराए । उनले ९ बलमा १ चौका र १ छक्का प्रहार गरे । आदिल खान १३ र पवन सरार्फ ५ रनमा अविजित रहे ।
विराटनगरका लागि पुनित मेहराले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । नोमन खान, किशोर महतो र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।
पहिलो खेलमा विराटनगर एक्स्पर्ट धनगढी ब्लुजसँग ५ रनले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा पल्टनलाई ४५ रनले हराएको थियो । विराटनगरले चौथो खेलमा आइतबार शीर्ष स्थानमा रहेको चितवन राइनोजको सामना गर्ने छ ।
काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । तेस्रो खेलमा धनगढीलाई काठमाडौंले १ सय ६ रनले हराएको थियो । काठमाडौंले अन्तिम खेल मंगलबार चितवन राइनोजसँग खेल्ने छ । जुन नतिजाले काठमाडौंको भविष्य निर्धारण गर्ने छ ।
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]