5 years ago
December 21, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सले विराटनगर टाइटन्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । ओपनर जयकिशन कोल्सावालाले ५५ रनको अर्ध शतकीय इनिङ खेले । पुनित मेहराको १५ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने क्रममा उनी साहव आलमबाट क्याच आउट हुनु पुगेका थिए । जयकिशनले ४३ बलमा ५ चौका र २ छक्का प्रहार गरे । जयकिशन र कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
किशोर महतोले पहिलो ओभरको अन्तिम बलमा ओपनर गौरव तोमरलाई शून्यमा साहवबाट क्याच आउट गराए । छैटौं ओभरको अन्तिम बलमा नोमन खानले अमित श्रेष्ठलाई १७ रनमा बोल्ड आउट गरे । अमितले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
१७ औं ओभरको पाँचौ बलमा पुनितले कप्तान ज्ञानेन्द्रलाई जितेन्द्र मुखियाबाट क्याच गराएपछि अर्ध शतक बनाउन चुकेका थिए । ज्ञानेन्द्रले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा सुवोध भाटीलाई जितेन्द्र मुखियाले नोमनबाट १४ रनमा क्याच आउट गराए । उनले ९ बलमा १ चौका र छक्का प्रहार गरे । आदिल खान १३ र पवन सरार्फ ५ रनमा अविजित रहे ।
विराटनगरका युवा तीब्र गतिका बलर किशोर महतोले ३ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर १ विकेट लिए । भारतीय स्पिनर पुनित मेहराले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । नोमन खान र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]