5 years ago
December 20, 2019
एजेन्सी – मेलबर्न स्टार्सले सन् २०१९/२० को बिग ब्यास सिजनमा विजयी सुरुवात गरेको छ । कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरेपछि मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको हो ।
पहिलो ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । म्याक्सवेलले पाँचौ नम्बरमा ब्याटिङ गर्दै ३९ बलमा ७ चौका र ५ छक्काको मदतले ८३ रन जोडे । उनी अन्तिम ओभरको चौथो बलमा बेन लालिनको बलमा बोल्ड भएका थिए । म्याक्सवेलले आक्रामक ब्याटिङ गर्दै मात्र २३ बलमा अर्धशतक पूरा गरेका थिए ।
ओपनर निक म्याडीसन ८ र मार्कस स्टोइनिस १६ रनमा आउट भएपछि मेलबर्नले अपेक्षित सुरुवात पाएको थिएन । तर हिल्टन कार्टराइटले १८ र पिटर ह्यान्ड्सकम्बले २० रन जोड्दै रनगति अगाडी बढाए । म्याक्सवेलले त्यसपछि अर्को एण्डबाट लगातार रन जोडेका थिए । बेन डंकले ११ रनको योगदान दिए । ब्रिसबेनका लागि प्रयोग गरिएका ६ बलरले नै १-१ विकेट लिए ।
जवाफमा ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रनमात्र जोड्न सक्यो । ओपनर टम ब्यान्टनले ३६ बलमा ६ चौका र ४ छक्कासहित ६४ रनको आक्रामक सुरुवात दिलाएपनि ब्रिसबेनले त्यसलाई निरन्तरता दिन सकेन । म्याट रेन्सले ३९ रन जोड्नुबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।
जवाफी इनिङको पहिलो ओभरमा नै सन्दीप लामिछानेले १९ रन खर्चेपछि ब्रिसबेनले उत्कृष्ट सुरुवात पाएको थियो । तर त्यसपछि सोहि अनुरुप ब्याटिङ नचल्दा मेलबर्नले जित दर्ता गर्यो । सन्दीपले समग्रमा ४ ओभरमा ३८ रन खर्चेर बेन कटिङलाई १२ रनमा क्याच आउट गराए । एडम जाम्पाले ३ तथा डेविड वोरल र हरिस रौफले २-२ विकेट लिए ।
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]