default_image

5 years ago

December 20, 2019

बुटवललाई पोखराको मध्यम लक्ष्य

86 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले बुटवल ब्लास्टर्सलाई १ सय २२ रनको मध्यम लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन बनायो । पोखराको लागि भारतीय ब्याट्सम्यान रविइन्दर सिंह ४२ बलमा २ चौका र २ छक्का सहित ४५ रनमा अविजित रहे । त्यस्तै प्रथामेश दाके २० बलमा १ चौका र १ छक्का सहित २० रनमा नट आउट रहे । खराब सुरुवात गरेको पोखरालाई मध्यम अवस्थामा पुर्याउन रविइन्दर र प्रथामेशले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरे ।

पहिलो आभेरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई ललित सिंह भण्डारीले शून्यमा एलबी डब्लू आउट गरे । चौथो ओभरको तेस्रो बलमा कप्तान शरद भेषावकरलाई हर्ष टोन्कले लङ अनमा विपिन खत्रीबाट ७ रनमा क्याच आउट गराए । छैटौं ओभरको तेस्रो बलमा हर्ष टोन्कले विकेटकीपर विनोद भण्डारीलाई अफ्ताब उदीन अहमदबाट ३ रनमा क्याच आउट गराएपछि पोखरा दबाबमा परेको थियो ।

आठौं ओभरको पाँचौ बलमा ओपनर इशान पाण्डेलाई शिवम सिंहले कप्तान सिद्धान्त लोहनीबाट १३ रनमा क्याच आउट गराए । उनले १९ बलमा १ चौका प्रहार गरे । १४ अौं ओभरको दोस्रो बलमा नितेश थापाले रोहित कुमार पौडेललाई १९ रनमा बोल्ड आउट गरे । रोहितले १८ बलमा १ चौका र १ छक्का प्रहार गरे । बुटवलका हर्ष टोन्कले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिए । ललितसिंह भण्डारी, शिवम सिंह र नितेश थापाले १–१ विकेट लिए ।

आजको खेलमा सिद्धान्त लोहनीले बुटवलको कप्तानी गरेका छन् । चोटसँग जुधि रहेका सोमपाल कामी नखेलेपछि सिद्धान्तले कप्तानी गरेका हुन् । योसँगै सिद्धान्तले ६ महिनापछि घरेलु मैदानमा कप्तानको भुमिकाबाट पुनरागमन गरेका छन् ।

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

Success

Thank you for your time.