default_image

5 years ago

December 20, 2019

आज दुइ खेल हुँदै, पोखरालाई जित्नै पर्ने दबाब

82 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । पहिलो खेलमा साविक विजेता पोखरा पल्टन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुने छ । खेल विहान ९ बजेदेखि सुरु हुने छ ।

साविक विजेता पोखरा पल्टनलाई अघिल्लो चरणको आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा पोखराको अघिल्लो चरण अंक गणीतिय झिनो आशा मात्रै बाँकी रहने छ । पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । दोस्रो खेलमा चितवन राइनोजसँग ६ विकेटले र विराटनगर टाइटन्ससँग ४५ रनले पराजित भएपछि पल्टनको अघिल्लो चरणको यात्रा कठिन बनेको हो ।

पोखरालाई शीर्ष तीनमा रहँदै प्ले अफमा स्थान बनाउन बाँकी दुबै खेलमा फराकिलो जित निकाल्नु पर्ने हुन्छ । साथै अन्य टोलीको नतिजा पनि आफ्नो अनुकुल आउनुपर्छ । पोखराका प्रमुख ब्याट्सम्यान रविइन्दर सिंह चल्न नसक्दा ब्याटिङमा कमजोर देखिएको छ । विराटनगरविरुद्ध शून्य र चितवनविरुद्ध रविन्दर सिंह १० रनमा आउट भएका थिए । पोखराले आजको खेलमा भारतीय तीब्र गतिका बलर प्रथामेश दाकेको स्थानमा अनुभवी तीब्र गतिका बलर महबुब आलम वा युवा तीब्र गतिका बलर आकश चन्द मध्य एकलाई मौका दिने संभावना छ । दाकेले विराटनगर विरुद्ध ४ खेलमा ४३ रन खर्चिदा कुनै विकेट लिएका थिएनन् ।

पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल दोस्रो खेलमा चितवन राइनोजसँग १ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रमुख बलर तथा कप्तान सोमपालले बलिङ गर्न नसक्दा बुटवलको बलिङ लाइनअप कमजोर देखिन्छ । सोमपालले दुबै खेलमा बलिङ गरेनन् । प्रमुख बलर ललित भण्डारीले दुबै खेलमा विकेट लिन नसक्नु बुटवलको लागि चिन्ताको विषय हो ।

सिद्धान्त लोहनी पूर्णरुपमा फिट नहुँदा टोलीमा उनको स्थान न्यून छ । चितवनविरुद्ध अफ्ताब उदीन अहमद २ विकेट लिएका थिए । अफ्ताब उदीन, अभिनास बोहोरा, शिवम सिंह र हर्ष टोन्कको अप्रत्याशित प्रर्दशनमा बुटवलले पोखरालाई निराश बनाउन सक्छ ।

शुक्रबार दोस्रो खेलमा चितवन राइनोज र धनगढी एक्स्पर्टबीच प्रतिस्पर्धा हुने छ । खेल १२: ४५ देखी सुरु हुने छ । चितवन लगतार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा रहँदै स्वत: फाइनल पुग्ने यात्रा बलियो बनाउन चाहान्छ । पहिलो खेलमा चितवनले पोखरालाई ६ विकेटले हराउँदा दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको थियो । दुबै खेलमा चितवनले ब्याटिङ र बलिङ उत्कृष्ट प्रर्दशन गरेको थियो । अलराउन्डरले भरिएको चितवनले बुटवलविरुद्ध पीपीएल इतिहासकै सर्वाधिक २ सय ३ रन बनाएको थियो । जसमा पारस खड्का, रोहन मुस्तफा र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिएका थिए । चितवन आज पनि त्यस्तै उत्कृष्ट प्रर्दशन गर्न चाहान्छ । चितवनमा सबै खेलाडी उत्कृष्ट लयमा छन् । रोहन मुस्तफा, बाबर हायत, सन्नी पटेल र पारस खड्का धनगढीलाई घातक बन्न सक्छन् ।

यता पहिलो खेलमा विराटनगरमाथि ५ रनको रोमान्चक जित हात पारेको धनगढी दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रनले पराजित भएको थियो । धनगढीविरुद्ध काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्ल विश्फोटक शतक प्रहार गरेका थिए । कमल सिंह ऐरीले ४ विकेट लिएपनि अन्य बलरले विकेट लिन नसक्दा धनगढीले १७ ओभरमा १ सय ८५ रन खर्चिन पुगेको थियो । २ ओभरमा ३७ रन खर्चिका बिक्रम ठगुन्नालाई आज धनगढीले टिम बाहिर राख्न सक्छ । उनको स्थानमा सन्दीप रजाली वा अरुण ऐरी मध्य एकलाई मौका दिन सक्ने संभावना छ ।

अंक तालिका

चितवन दुबै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । काठमाडौं ३ खेलमा १ मा जित र २ मा हारका साथ दोस्रो स्थानमा छ । विराटनगर टाइटन्स २ खेलमा समान १ मा जित र हारका साथ तेस्रो स्थानमा छ । पोखरा पल्टन ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । समान २ खेल खेलेका धनगढी र बुटवल १ -१ मा जित निकाल्दै पाँचौ र छैटौं स्थानमा छन् ।

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

Success

Thank you for your time.