5 years ago
December 19, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२० सिजनको लागि भएको अक्सन कोलकातामा समापन भएको छ । यसपटक विदेशी खेलाडीका लागि तुलानात्मक रुपमा बढी पैसा खर्च हुँदा अष्ट्रेलियाका खेलाडीमाथि विशेष बोली लाग्यो ।
यस सिजनको अक्सनमा सर्वाधिक महँगा १० खेलाडी यसप्रकार छन् ।
८. साम करन – चेन्नई सुपर किंग्स – ५.५ करोड
युवा अलराउन्डर साम करनलाई यसपटक महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सले अनुबन्धन गर्यो । तीव्र गतिका बलर रहेका करन तल्लोक्रममा मात्र नभएर माथिल्लो क्रममा पनि आक्रामक ब्याटिङका लागि प्रख्यात छन् । गत सिजन उनले पन्जाबका लागि खेलेका थिए ।
७. पियुष चावला – चेन्नई सुपर किंग्स – ६.७५ करोड
स्पिनर पियुषले लामो समय कोलकाताका लागि खेले । गत सिजन कोलकाताले उनलाई रिलिज गरेपछि सायदै उनले यति ठूलो रकममा अनुबन्धित हुने सोचेका थिए । तर स्पिनरलाई चेन्नईले निकै लामो कसरतपछि मोटो रकम खर्चेर टोलीमा अनुबन्धित गरेको छ ।
६. शिम्रन हेटमायर – दिल्ली क्यापिटल्स – ७.७५ करोड
वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायरलाई अनुबन्ध गर्न धेरै टोलीले प्रयास गरेका थिए । गत सिजन बेंगलोरका लागि अपेक्षित प्रदर्शन गर्न नसकेका उनले राष्ट्रिय टोलीका लागि राम्रो प्रदर्शन गरेका छन् । उनले दिल्लीको कमजोर विदेशी ब्याटिङलाई मजबुती प्रदान गार्नेछन् ।
५. नाथन कुल्टर नाइल – मुम्बई इन्डियन्स – ८ करोड
अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि राम्रो प्रदर्शन गर्दै आएका कुल्टर नाइल घरेलु टि२० मा पनि प्रख्य्यात छन् । उनी तीव्र गतिका बलर मात्र नभएर तल्लोक्रममा आक्रामक इनिङ खेल्न पनि सक्षम छन् । मुम्बईको बलियो बलिङ आक्रमणलाई उनले थप मजबुती दिनेछन् ।
४. शेल्डन कट्रेल – किंग्स इलेभेन पन्जाब – ८.५ करोड
कट्रेलले छोटो समयमा नै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान बनाएका छन् । वेस्ट इन्डिजको तीव्र गतिका बलर उनले जारि भारतविरुद्ध सिरिजमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् । उनको विकेट लिएपछिको सलाम गर्ने सेलेब्रेसनले पनि थुप्रैको मन जितेको छ । उनले पन्जाबको कमजोर तीव्र गतिको बलिङ आक्रमणमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
३. क्रिस मोरिस – रोयल च्यालेन्जर्स बेंगलोर – १० करोड
बेंगलोरले पछिल्लो केहि सिजनयता अपेक्षित नतिजा दिन सकेको छैन । मोरिसको उपस्थितिले टोलीको ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलन ल्याउन सहज हुनेछ । मोरिस सुरुवाती ओभरमा बलिङ गर्नुका साथै मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने क्षमता राख्दछन् । उनको उपस्थितिले विशेषगरी बेंगलोरको फिनिसिङमा पनि सहयोग पुग्नेछ ।
२. ग्लेन म्याक्सवेल – किंग्स इलेभेन पन्जाब – १०.७५ करोड
म्याक्सवेलका लागि धेरै टोलीले अनुबन्धनको इच्छा देखाएका थिए । अघिल्लो सिजन विश्वकपका कारण सहभागी नभएका उनी फेरी पन्जाब फर्केका छन् । म्याक्सवेलको आक्रामक ब्याटिङसामु जस्तोसुकै बलिङ आक्रमणलाई पनि समस्या हुन्छ । उनले टोलीलाई आवश्यक परेमा अफस्पिन बलिङ पनि गर्न सक्छन् ।
१. प्याट कमिन्स – कोलकाता नाइट राइडर्स – १५.५ करोड
कमिन्सको नाम आएपछि अक्सन हलको माहोल नै परिवर्तन भएको थियो । सुरुवातमा बेंगलोर र दिल्लीले कमिन्सलाई अनुबन्धन गर्न बोलि लगाएका थिए । तर अन्तिम समयमा कोलकाताले दोस्रो पटकको बोलीमा नै कमिन्सलाई अनुबन्धन गर्न सफल रहयो । आईपीएलको इतिहासमा नै कमिन्स सर्वाधिक महँगा विदेशी खेलाडी हुन् ।
कमिन्स तीव्र गतिका बलिङ मात्र नभएर आक्रामक ब्याटिङका लागि पनि प्रख्यात छन् । सिमित ओभर क्रिकेटमा उनले अष्ट्रेलियाका लागि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । उनको आगमनसँगै कोलकाताले बलियो रहेको तल्लोक्रम ब्याटिङलाई मजबुती दिएको छ ।
आईपीएल अक्सनको सम्पूर्ण खेलाडीको पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस्
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]