5 years ago
December 19, 2019
एजेन्सी – भारतीय प्रिमियर लिग (आईपीएल) अक्सनमा अष्ट्रेलियाका खेलाडी मोटो रकममा अनुबन्धित भएका छन् ।
अष्ट्रेलियाका विश्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेललाई किंग्स इलाभेन पञ्जावले १० करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । म्याक्सवेलले आफ्नो न्युनतम मूल्य २ करोड राखेका थिए ।
अष्टेलियाका तीब्र गतिका बलर प्याट कमिन्स १५ करोड ५० लाखमा कोलकतामा अनुबन्ध भएका छन् । उनले आफ्नो न्युनतम मूल्य २ करोड राखेका थिए ।
न्युजिल्यान्डका अलराउन्डर कोलिन डी ग्रान्डहोम अनसोल्ड भएका छन् । त्यस्तै न्युनतम मूल्य १ करोड राखेका युसुप पठानलाई कुनै टोलीले लिएनन् ।
त्यस्तै चेन्नइ सुपर किंग्सले इंग्ल्यान्डका अलराउन्डर साम करनलाई ५ करोड ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । करनले आफ्नो न्युनतम मुल्य १ करोड राखेका थिए ।
दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई रोयल च्यालेन्जर बेंगलोरले १० करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ ।
आरोन फिन्चका लागि रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा चलेको थियो । न्यूनतम मुल्य १ करोड रुपैयाँ रहेको उनलाई बेंगलोरले ४ करोड ४० लाखमा खरिद गरेको हो ।
जेसन रोयलाई न्युनतम मूल्य १ करोड ५० लाखमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको हो ।
चेतेश्वर पुजाराले ५० लाख रुपैयाँ तोक्दा उनीमाथि कुनै टोलीले बोली लगाएन ।
हनुमा विहारीले ५० लाख रुपैयाँ न्युनतम मूल्य तोकेकोमा कुनैपनि टोलीले उनलाई अनुबन्ध गरेन ।
रोविन उथप्पा ३ करोड रुपैयाँमा राजस्थान रोयल्स अनुबन्धित भए ।
कोलकाता नाइट राइडर्सले ५ करोड २५ लाख रुपैयाँमा ओइन मोर्गनलाई अनुबन्ध गरेको छ । मोर्गनले २ करोड न्युनतम रकम तोकेकोमा लगातार बोली लागेपछि अन्त्यमा कोलकाताले बाजी मारेको हो ।
मुम्बई इन्डीयन्सले २ करोड रुपैयाँमा क्रिस लिनलाई अनुबन्ध गरेको छ । लिनले २ करोड न्युनतम मुल्य राखेकोमा मुम्बईले गरेको पहिलो बोलीमा अन्य टोलीले प्रतिस्पर्धा गरेनन् ।
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]