default_image

5 years ago

December 19, 2019

मनमोहन मेमोरियल क्रिकेट यसै महिना

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता यसै महिना सुनसनरीको इनरुवा मैदानमा आयोजना हुने भएको छ ।

इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्ट प्रदेश १ को संयुक्त आयोजनामा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

 

प्रतियोगिताका निर्देशक विप्लब घोषणले प्रतियोगिता पुस १५ गतेबाट सुरु भइ माघ ४ गते सम्म हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया समेत सुरु भइसकेको बताए ।

यसपटक प्रतियोगितमा मलेसियाको राष्ट्रिय टोली आउने बताएको छ । मलेसिया, तीन विभाग, ७ वटा प्रदेश र आयोजकको गरि १२ टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा लिगदेखि फाइनल सम्म गरि १५ खेल सञ्चालन हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले प्रतियोगितामा राखेपको सहयोग रहने र यस्ता प्रतियोगिता आयोजना भइराख्नु पर्ने बताए ।

झन्डै १ करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख ५ हजार तथा दोस्रो हुने टोलीले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

Success

Thank you for your time.