5 years ago
December 19, 2019
पोखरा(हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्स चितवन राइनोजसँग लज्जास्पद हार बेहोरेको छ । बुटवल चितवनसँग १ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
२ सय ४ रनको विशाल लक्ष्य पछ्याएको बुटवल १८.४ ओभरमा मात्र ८४ रनमा अल आउट भयो । पहिलो ओभरको पाँचौ बलमा करण केसीले ओपनर अफ्ताव उदीन अहमदलाई पारस खड्काबाट २ रनमा क्याच आउट गराए ।
दोस्रो ओभरको पाँचौ बलमा सन्नी पटेलले हर्ष टोन्कलाई १ रनमा एलबी डब्लू आउट गरे । पाँचौ ओभरको दोस्रो बलमा शंखर रानालाई करण केसीले विकेटकीपर अनिल कुमार शाहबाट ५ रनमा क्याच आउट गराए ।
विक्रम शोबको ११ औं ओभरको तेस्रो बलमा भिम सार्की ठूलो सट खेल्ने धुनमा पारसबाट २१ रनमा क्याच आउट भए । १२ औं ओभरको अन्तिम बलमा विक्रम भुषालले शिवम सिंहलाई भुवन कार्कीबाट ३३ रनमा क्याच आउट गराएपछि चितवनको फराकिलो पजत पक्का पक्कि जस्तै बनेको थियो ।
शिवमले ३३ बलमा १ चौका र ३ छक्का प्रहार गरे । बुटवलको निरन्तर विकेट पतन जारी रह्यो । कप्तान सोमपाल कामी ३, हरि बहादुर चौहान १२, शेर मल्ल २, अभिनास बोहोरा शून्यमा आउट भए । तीब्र गतिका बलर करण केसीले ३.४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । रोहन मुस्तफाले ३ ओभरमा ५ रन खर्चेर २ विकेट लिए । सन्नी पटेल, भुवन कार्की, विक्रम शोब र विक्रम भुषालले १(१ विकेट लिए ।
त्यसअघि विहीबार पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवन राइनोजले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । पीपीएलमा पहिलो पटक दुई सय रनमाथिको योगफल बनेको हो ।
पहिलो संस्करणमा पोखरा पल्टनले विराटनगर टाइटन्सविरुद्ध १ सय ९८ रनको लक्ष्य दिएको थियो । जुन उच्च योगफल रहेको थियो । कप्तान पारस खड्काले ४० बलमा ६ चौका र २ छक्का सहित ६३ रनको योगदान दिए । अफ्ताब उद्दीन अहमदको १२ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका पारसलाई बाउन्ड्री लाइन नजिकै सोमपाल कामीले उत्कृष्ट क्याच लिए।
यूएईका पुर्व कप्तान रोहन मुस्तफा ५६ बलमा ७ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । ४४ बलमा रोहनले अर्ध शतक पूरा गरेका थिए । सन्नी पटेल ४ रनमा अविजित रहे । ओपनर पारस र रोहनले ११.३ ओभरमा १ सय १७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
पीपीएलमा पहिलो विकेटका लागि भएको यो उच्च साझेदारी हो । १४ औं ओभरको पहिलो बलमै अफ्ताब उद्धीनले हङकङका पुर्व कप्तान बाबर हायतलाई बोल्ड आउट गरे । आरिफ शेखले तल्लोक्रममा १९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोडेका थिए ।
तेस्रो विकेटका लागि आरिफ र मुस्तफाले ६९ रनको साझेदारी गरेका थिए । बुटवल ब्लास्टर्सका लागि अफ्ताब उदीन अहमदले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनास बोहोराले १ विकेट लिए । अन्य पाँच बलर विकेटविहीन बने ।
चितवनको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा चितवनले एक्स्पर्ट धनगढी ब्लुजसँग शुक्रबार खेल्ने छ । बुटवलले तेस्रो खेलमा शुक्रबार पोखरा पल्टनसँग खेल्ने छ ।
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]