default_image

5 years ago

December 19, 2019

चितवनको कीर्तिमानी विशाल योगफल

119 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्का, रोहन मुस्तफा र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २ सय ४ रनको विशाल कीर्तिमानी लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३ रन बनायो । यो पीपीएलकै उच्च र पहिलो पटक दुई सय रनमाथिको योगफल बनेको हो । गत वर्ष पोखरा पल्टनले विराटनगर टाइटन्सविरुद्ध बनाएको १ सय ९७ रन पीपीएलमा उच्च योगफल रहँदै आएको थियो ।

चितवनको लागि कप्तान पारस खड्काले ४० बलमा ६ चौका र २ छक्का सहित ६३ रनको योगदान दिए । अफ्ताब उद्दीन अहमदको १२ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका पारसलाई बाउन्ड्री लाइन नजिकै सोमपाल कामीले उत्कृष्ट क्याच लिएका थिए । यूएईका पुर्व कप्तान रोहन मुस्तफा ५६ बलमा ७ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । ४४ बलमा रोहनले अर्ध शतक पुरा गरेका थिए । सन्नी पटेल २ बलमा १ चौका सहित ४ रनमा अविजित रहे ।

ओपनर पारस र रोहनले ११.३ ओभरमा १ सय १७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पीपीएलमा पहिलो विकेटका लागि भएको यो उच्च साझेदारी हो । पारसले ३५ बलमा अर्ध शतक पुरा गरेका थिए ।

१४ औं ओभरको पहिलो बलमै अफ्ताब उद्धीनले हङकङका पुर्व कप्तान बाबर हायतलाई बोल्ड आउट गरे । बाबर सट खेल्ने क्रममा बिट भएपछि १ रनमा पेभिलिएन फर्किनु परेको थियो । आरिफ शेख १९ बलमा ३ चौका र ३ छक्का सहित ४० रनमा क्याच आउट भए । आरिफ अन्तिम ओभरको तेस्रो बलमा मिड विकेटमा सोमपालबाट क्याच आउट भएका थिए । तेस्रो विकेटका लागि आरिफ र मुस्तफाले ६९ रनको साझेदारी गरेका थिए ।

बुटवल ब्लास्टर्सका लागि अफ्ताब उदीन अहमदले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनास बोहोराले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । ७ बलर प्रयोग गरेको बुटवलका ५ बलर विकेट विहीन बनेका छन् ।

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

Success

Thank you for your time.