default_image

5 years ago

December 19, 2019

आईपीएल अक्सन कोलकतामा हुँदै

165 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदै छ । अक्सन नेपाली समय अनुसार दिउँसो २:४५ देखी कोलकतामा सुरु हुने छ ।

अक्सनमा कुल ३ सय ३२ खेलाडी रहेका छन् । ७३ खेलाडी विक्री हुने बताइएको छ । अक्सनमा सबैभन्दा बढी रकम खर्च गर्न पाउने रकम किंग्स इलाभेन पञ्जावसँग छ । सबैभन्दा कम खर्च गर्न पाउने रकम रोहित शर्मा कप्तान रहेको साविक विजेता मुम्मइ इन्डियनसँग रहेको छ । यस पटकको अक्सनमा अफगानिस्तान १५ वर्षिय स्पिनर नूर अहमद देखी इंग्ल्यान्डलाई विश्वकप जिताउने कप्तान इओन मोर्गन सम्मका खेलाडी छन् ।

यस पटकको अक्सनमा सबैभन्दा बढि रकम पञ्जावसँग छ । पञ्जावसँग ४२ करोड ७० लाख भारतीय रुपैयाँ बाँकी छ । कोलकता नाइटराइडर्ससँग ३५ करोड ६५ लाख भारतीय रुपैयाँ बाँकी छ । राजस्थान रोयल्ससँग २८ करोड ९० लाख, दिल्ली क्यापिटल्ससँग २७ करोड ८५ लाख, चेन्नइ सुपर किंग्ससँग १४ करोड ६० लाख, बेंगलोरसँग २७ करोड ९० लाख, हैदराबादसँग १७ करोड र मुम्बईसँग १३ करोड ५ लाख भारतीय रुपैयाँ बाँकी रहेको छ ।

अक्सनमा इंग्ल्यान्डका कप्तान इओन मोर्गन, ओपनर जोसन रोय, विकेटकीपर टम ब्यान्टन, युवा अलराउन्डर साम करन, अष्ट्रेलियाका ओपनर आरोन फिन्च, क्रिस लिन, हिटर ग्लेन म्याक्सवेल, तीब्र गतिका बलर प्याट कमिन्स, न्युजिल्यान्डका अलराउन्डर जेम्श निशम, वेस्ट इन्डिजका तीब्र गतिका बलर शेल्डन कटरेल र युवा ब्याट्सम्यान शिमरोन हेटमायर लगायतका खेलाडीलाई महँगो मूल्य लाग्न सक्ने अनुमान गरिएको ।

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

Success

Thank you for your time.