default_image

5 years ago

December 19, 2019

पारस र सोमपाल लगातार दोस्रो जितको खोजिमा

100 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार पारस खड्का कप्तान रहेको चितवन राइनोज र सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ११:३० देखी पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा सुरु हुने छ ।

दुबै टोली लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई ६ विकेट र बुटवलले काठमाडौं गोल्डेन्स वारियर्सलाई सुपर ओभरमा हराएको थियो । चितवन अलराउन्डरले भरिएको टोली हो । पोखराविरुद्ध तीन स्पिनर सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २–२ विकेट लिएका थिए ।

चितवनले बलिङमा उत्कृष्ट प्रर्दशन गरेपछि पोखरा १ सय ७ रनमै अल आउट भएको थियो । उक्त लक्ष्य चितवनले १४.५ ओभरमा पुरा गरेको थियो । जसमा हङकङका पुर्व कप्तान बाबर हायतले ४२ बलमा ६ चौका र ४ छक्का सहित ६६ रनमा रनमा अविजित रहेका थिए । अनिल कुमार शाह शून्यमा आउट भएका थिए । विकेटकीपर अनिललाई टोलीले निरन्तरता दिने छ । चितवन पहिलो खेलमा अलराउन्डर सहित ७ ब्याट्सम्यान र ४ प्रमुख बलर सहित मैदान उत्रेको थियो । विक्रम भुषाललाई मैदान उतारे चितवने बलिङ दिएको थिएन । आज उनको संभावना टोलीमा कम छ । रोहन मुस्तफा, पारस खड्का, बाबर हायत र सन्नी पटेल चिवनका प्रमुख हतियार हुन् ।

बलियो काठमाडौंमाथि बुटवलले सुपर ओभरमा हराएको थियो । सुपर ओभरमा १३ रनको लक्ष्य पाएको काठमाडौंलाई अभिनास वोहोराले २ रन मात्रै खर्चेर जित पक्का गरेका थिए । बलियो काठमाडौंलाई हराएको बुटवलको मनोबल उच्च छ । काठमाडौंविरुद्ध भारतीय खेलाडी हर्ष टोन्क र शिवम सिंहले उत्कृष्ट प्रर्दशन गरेका थिए । कप्तान सोमपाल कामीले भने बलिङ गरेका थिएनन् । चोटको कारण सोमपाल पूर्णरुपमा फिट भएका छैनन् । डेब्यू खेलमा उत्कृष्ट प्रर्दशन गरेका नितेश थापाबाट आजको खेलमा पनि वुटवलले ठूलो आशा राखेको छ । कागजी रुपमा बुटवल भन्दा चितवन बलियो टोली हो । गत वर्ष बुटवलले चितवनलाई ७० रनले हराएको थियो । शिवम सिंह, हर्ष टोन्क र अभिनास बोहोरा बुटवलका प्रमुख हतियार हुन् ।

चितवन राइनोजको टोली :

पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब, आकश थापा, विक्रम भुषाल, सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा ।

बुटवल ब्लास्टर्सको टोली :

सोमपाल कामी (कप्तान), मोहम्मद साम्सद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरण बि.क, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री , रविन्द्रजंग शाही, अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.