5 years ago
December 19, 2019
एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडी बलकोबल (अक्सन) आज हुँदै छ । कोलकतामा हुने अक्सनमा कुल ३ सय ३२ खेलाडी छन् ।
अक्सनमा फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्स पनि उत्कृष्ट खेलाडी अनुबन्ध गर्ने सोचमा छ । दिल्लीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने छन् । दिल्लीले अक्सनमा कुल २७ करोड ८५ लाख भारतीय रुपैयाँ खर्च गर्न पाउने छ । जुन रकमबाट ५ विदेशी र ११ स्वदेशी खेलाडी अनुबन्ध गर्न पाउछ । गत वर्ष दिल्ली एलिमिनेटरमा चेन्नइ सुपर किंग्ससँग पराजित हुँदै बाहिरिएको थियो । पहिलो पटक उपाधि जित्ने सोचमा रहेको दिल्ली उत्कृष्ट खेलाडी अनुबन्ध गर्न चाहान्छ ।
गत वर्ष बलियो देखिएको दिल्ली केहि पक्ष्यमा कमजोर बन्दा उपाधि जित्नबाट चुकेको थियो । राजस्थान रोयल्सका अजिंक्या रहाणे र किंग्स इलाभेनका पञ्जावका कप्तान रविचन्द्रन आश्विन दिल्ली आएका छन् । आश्विनको आगमनले स्पिनर मजबुत बनेको छ । दिल्लीले अक्सन अघि कोलिन मुनरो, अलराउन्डर क्रिस मोरिस र कोलिन इनग्राम जस्ता खेलाडीलाई फुकुवा गरेको थियो ।
दिल्लीले पहिलो पटक उपाधि जित्ने सपना पुरा गर्न अक्सनमा उत्कृष्ट फिनिसर र अलराउन्डरलाई अनुबन्ध गनुपर्छ । अन्य पक्ष्यमा दिल्ली मजबुत छ । शीर्षक्रममा ओपनर पृथ्वी शा, शिखर धवन, श्रेयस ऐर, ऋषभ पन्त र अजिंक्या रहणेले गर्दा ब्याटिङ बलियो बनेको छ । स्पिनरमा सन्दीप, आश्विन र अमित मिश्रा छन् । तीब्र गतिको बलरका रुपमा कागिसो रबाडा र इशान्त शर्माको जोडी छ । गत वर्षको कमिकमजोरी र प्रर्दशन हेर्दा यी तीन खेलाडीलाई अक्सनमा किन्ने हो भने दिल्लीको पहिलो पटक उपाधि जित्ने सपना पुरा हुन सक्छ ।
एलेक्स केरी
अष्ट्रेलियाका बायाँ हाते विकेटकीपर एलेक्स केरी तल्लोक्रममा ठूलो इनिङ खेल्ने गर्दछन् । केरीले विश्वकपमा १० खेलमा ३ सय ७५ रन जोडेका थिए । स्ट्राइक रेट १ सय ४ को रहँदा ४६ चौका र २ छक्का सामेल थियो । केरी दबाबमा पनि ठूला सट खेल्दै विपक्ष्य बलरलाई दबाबमा राख्न सिपालु छन् ।
दिल्लीले गत वर्ष तल्लोक्रममा कोलिन इनग्रामलाई ब्याट्सम्यानको रुपमा खेलाएको थियो । तर इनग्रामले कुनै पनि खेलमा राम्रो प्रर्दशन गर्न सकेनन् । दिल्लीले त्यसैको कारण अक्सन अघि इनग्रामलाई फुकुवा गरि सकेको छ । शीर्षक्रम र मध्यक्रममा दिल्लीको ब्याटिङ लाइनअप मजबुत छ ।
गतवर्ष तल्लोक्रम कमजोर हुँदा जित नजिक पुगेको दिल्ली थुप्रै खेलमा हार बेहोर्नु परेको थियो । गत वर्ष कोलकता नाइटराइडर्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको दिल्ली १७.५ ओभरमा १७०–३ को बलियो अवस्थामा थियो । तर तल्लोक्रमका ब्याट्सम्यानले रन जोड्न नसक्दा खेल सुपर ओभरमा धकेलिएको थियो ।
पन्जाबसँग खेलमा पनि १ सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा १६.४ ओभरमा १४४–४ को बलियो अवस्थामा थियो । तल्लोक्रममा निरन्तर विकेट गुम्दा १९.२ ओभरमा अल आउट हुँदै १ सय ५२ रनमा समेटिएको थियो । दिल्लीले उपाधि जित्न नसक्नुको प्रमुख कारण मध्यक्रमको ब्याटिङ कमजोरी पनि एक थियो ।
तल्लोक्रममा उत्कृष्ट ब्याट्सम्यानको खोजिमा रहेको दिल्लीको लागि एलेक्स केरी सबैभन्दा उत्तम विकल्प हुन् । अर्कोतर्फ दिल्लीको लागि केरी वैकल्पिक विकेटकीपर समेत रहने छन् । दिल्लीसँग ऋषभ पन्त घाइते भएको अवस्थमा वैकल्पिक विकेटकीपर छैनन् । त्यसैले केरीलाई अक्सनमा अनुबन्ध गर्न सके दिल्लीले पहिलो पटक उपाधि जित्ने सपना सहज बन्न सक्छ ।
जेम्स निशम
न्युजिल्यान्डका उत्कृष्ट अलराउन्डर निशमलाई टोलीमा भित्र्याउन दिल्लीले हरप्रयास गर्ने छ । निशम ठूला सटका लागि परिचित छन् । निशमले आफ्नो एकल प्रर्दशनमा टोलीको जित पक्का गर्न सक्छन् । वर्तमान विश्व क्रिकेटमा निसम सर्वोउत्कृष्ट अलराउन्डर हुन् ।
बायाँ हाते अलराउन्डर निशमले विश्फोटक ब्याटिङसँगै मध्यगतिमा बलिङ गर्ने गर्दछन् । न्युजिल्यान्डलाई विश्वकपको फाइनलमा पुर्याउन सर्वोउत्कृष्ट प्रर्दशन गरेका उनले सुपर ओभरमा जोफ्रा आर्चरलाई छक्का प्रहार गरेपनि उपाधि जिताउन सकेका थिएनन् । बायाँ हाते खेलाडी उनले टोलीको रणनितीक सन्तुलन मिल्ने छ । दिल्ली अक्सनमा उत्कृष्ट अलराउन्डर अनुबन्ध गर्न चाहान्छ । दिल्लीले अक्सन अघि दुई अलराउन्डर क्रिस मोरिसलाई फुकुवा गरि सकेको छ । गत वर्ष दिल्लीका दुबै अलराउन्डर क्रिस मोरिस र हनुमा विहारीले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् ।
निशमले १५ टि ट्वान्टी आई इनिङमा १ सय ४१ को स्ट्राइक रेटमा १ सय ८५ रन बनाउनुको साथै १३ विकेट लिएका छन् । विश्वकपमा निशमले ८ इनिङमा २ सय ३२ रन जोडेका थिए । उत्कृष्ट प्रर्दशन ९७ अविजित रन थियो । उनले बलिङतर्फ १५ विकेट लिएका थिए । जसमा ५–३१ उत्कृष्ट प्रर्दशन थियो । गतवर्ष कमजोर अलराउन्डर देखिएको दिल्ली यस पटक उत्कृष्ट खेलाडीलाई अनुबन्ध गर्न चाहान्छ । त्यसको लागि निशम उपयुक्त विकल्प हुन् । निशमले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रर्दशन गर्दै दिल्लीलाई पहिलो पटक उपाधि दिलाउन सक्छन् ।
ग्लेन म्याक्सवेल (फिनिसर)
गत वर्ष दिल्लीले उपाधि जित्न नसक्नुको प्रमुख कारण फिनिसरको कमि थियो । दिल्ली अलराउन्डरमा फिनिसरमा निर्भर थियो । म्याक्सवेलले विश्फोटक ब्याटिङ गर्दै एकै ओभरमा विशाल रन जोड्न सक्छन् । गत वर्ष म्याक्सवेलले अक्सन अघिनै विश्वकपको कारण नखेल्ने बताएपछि दिल्लीले फुकुवा गरेको थियो ।
सन् २०१८ को अक्सनमा दिल्लीले उनलाई ९ करोड भारतीय रुपैयाँ खर्चेर अनुबन्ध गरेको थियो । म्याक्सवेलले गत फ्रेबुअरीमा भारतसँगको तेस्रो टि ट्वान्टी खेलमा बेंगलोरमा १ सय १३ रनको विश्फोटक शतकीय इनिङ खेलेका थिए । फिनिसरको कमिको कारण गत वर्ष दिल्लीका शीर्षक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रर्दशन गरेपनि जित नजिक पुगेर हारको सामना गर्नु परेको थियो ।
म्याक्सवेलले ५४ टि ट्वान्टी आई इनिङमा ३ शतक सहित १५ सय ७६ रन बनाएका छन् । १ सय ४५ रन अविजित उत्कृष्ट प्रर्दशन छ । २६ विकेट लिएका छन् । म्याक्सवेल उत्कृष्ट लयमा छन् । दिल्लीले म्याक्सवेललाई टोलीमा अनुबन्ध गर्न सके पहिलो पटक उपाधि जित्ने सपना साकार हुन सक्छ ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]