5 years ago
December 18, 2019
एजेन्सी – ओपनर रोहित शर्मा र लोकेश राहुलको सानदार शतक तथा युवा स्पिनर कुलदीप यादवको ह्याट्रिकसँगै वेस्ट इन्डिजसँगको तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा भारत १ सय ७ रनले विजयी भएको छ । ३ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४३.३ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो ।
वेस्ट इन्डिजका लागि विकेटकीपर शाई होप ७८ र निकोलस पूरनले ७५ रनको योगदान दिए । चौथो विकेटका लागि शाइ र पूरनले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए । यी दुईबीचको साझेदारी ३० औं ओभरको दोस्रो बलमा पूरनलाई मोहम्मद शामीले कुलदीप यादवबाट क्याच गराउँदै तोडेका थिए । पूरनले ४७ बलमा ६ चौका र ६ छक्का प्रहार गरे ।
कप्तान काइरोन पोलार्ड गोल्डेन डक आउट भए । विराट कोहली पनि गोल्डेन डक आउट भएका थिए । एकै खेलमा दुबै टोलीका कप्तान गोल्डेन डक आउट भएको यो पहिलो पटक हो । कुलदीपले ३३ ओभरको चौथो बलमा शाईलाई विराटबाट क्याच आउट गराए । उनले ८५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।
लगत्तै अर्को बलमा जोसन होल्डरलाई कुलदीपले ऋषभबाट स्टम्पिङ आउट गराए । अन्तिम बलमा अल्जारी जोशेफलाई केदार जाधवबाट शून्यमा क्याच आउट गराउँदै ह्याट्रिक पुरा गरेका थिए । यो कुलदीपको दोस्रो ह्याट्रिक हो । यस अघि कुलदीपले सन् २०१७ मा अष्ट्रेलियाविरुद्ध पनि ह्याट्रिक गरेका थिए ।
ओपनर इभिन लुईस ३०, शिमरोन हेटमायर र रोश्टन चेश समान ४ रनमा आउट भए । तल्लोक्रममा किमो पलले ४२ बलमा ४ चौका र ३ छक्का सहित ४६ रन जोड्दै हारको अन्तर घटाए । खारी पियरेले २१ रन जोडे । भारतका लागि मोहम्मद शामीले ७.३ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । स्पिनर कुलदीप यादवले ह्याट्रिक सहित १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजा २ र सार्दुल ठाकुरको नाममा १ विकेट रह्यो ।
त्यस अघि टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८७ रन बनाएको थियो । विशाल योगफल बनाउन ओपनर रोहित शर्मा र लोकेश राहुलले सानदार शतक प्रहार गरे । रोहितले १ सय ३८ बलमा १७ चौका र ५ छक्का सहित १ सय ५९ रनको शानदार शतकीय इनिङ खेले ।
रोहितलाई ४४ औं ओभरको तेस्रो बलमा शेल्डन कट्टेले शाइ होपबाट क्याच आउट गराए । ओडीआई करिअरको यो रोहितको २८ औं शतक हो । त्यस्तै अर्का ओपनर लोकेशले १ सय ४ बलमा ८ चौका र ३ छक्का सहित १ सय २ रनको योगदान दिए । राहुलको यो ओडीआई करिअरको तेस्रो शतक पर्दछ ।
रोहित र लोकेशले ३७ ओभर सम्म २ सय २७ रनको साझेदारी गर्दै विशाल योगफलतर्फ अघि बढाएका थिए । यी दुईबीचको दोहोरो शतकीय साझेदारी अज्जारी जोशेफले रोश्टन चेशबाट राहुललाई क्याच गराउँदै तोडेका थिए । कप्तान विराट कोहलीलाई ३८ औं ओभरको तेस्रो बलमा काइरोन पलार्डले रोश्टन चेशबाट क्याच गराउँदै गोल्डेन डक आउटको शिकार बनाए ।
तल्लोक्रममा श्रेयस ऐरले ३२ बलमा ३ चौका र ४ छक्का सहित ५३ रन जोडे । त्यस्तै ऋषभ पन्तले १६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३९ रन जोडे । केदार जाधव १६ रनमा नट आउट रहे । वेस्ट इन्डिजका युवा तीब्र गतिका बलर शेल्डन कट्टेलले ९ ओभरमा ८३ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफ, किमो पल र कप्तान काइरोन पोलार्डले १–१ विकेट लिए ।
पहिलो खेलमा भारत वेस्ट इन्डिजसँग ८ विकेटले पराजित भएको छ । योसँगै तीन ओडीआई सिरिज १–१ को अवस्थामा पुगेको छ । तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]