default_image

5 years ago

December 18, 2019

साविक विजेता पोखरा विराटनगरसँग स्तब्ध

91 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइन्टसले पोखरा प्रिमियर लिग (पीपीएल) मा साविक विजेता पोखरा पल्टनलाई हराएको छ । बुधबार विराटनगरले पोखरालाई ४५ रनले पराजित गर्दै अघिल्लो चरणको संभावना कायमै राखेको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखरा पल्टन १९.५ ओभरमा एक सयमा रनमा अल आउट भयो ।

चौथो ओभरको दोस्रो बलमा जितेन्द्र मुखियाले ओपनर कुशल भुर्तेललाई २४ रनमा एलबी डब्लू आउट गरे । भुर्तेलले १३ बलमा ३ छक्का र १ चौका प्रहार गरे । जितेन्द्रले यसै ओभरको पाँचौ बलमा भारतीय ब्याट्सम्यान रविइन्दर सिंहलाई शून्यमा बोल्ड आउट गरे ।

११ औं ओभरको पाँचौ बलमा साहब आलमले आशिफ शेखलाई १३ रनमा कट एण्ड बोल्ड आउट गरे । उनले २२ बलमा १ चौका प्रहार गरे । १२ औं ओभरको चौथो बलमा पाकिस्तानका स्पिनर नोमन खानले कुशल मल्ललाई शून्यमा एलबीडब्लु आउट गरेपछि पोखरा ७०–४ को कमजोर अवस्थामा पुगेको थियो । १३ औं ओभरको पाँचौ बलमा कप्तान शरद भेषावकरलाई मोहम्मद जैद आलमले शून्यमा एलबी डब्लू आउट गरेपछि पोखरा संकटमा परेको थियो ।

रोहित कुमार पौडेल जैदको १५ औं ओभरको तेस्रो बलमा ठूला सट खेल्ने क्रममा लङ अनमा साहब आलमबाट ३२ रनमा क्याच आउट हुनपुगेपछि विराटनगर जिततर्फ अघि बढेको थियो । रोहितले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । प्रथमेश दाके ३, राशिद खान ८ र ललित नारायण राजवंशी १ रनमा आउट भए ।

विराटनगरको लागि युवा तीब्र गतिका बलर किशोर महतोले ३.५ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मोहम्मद जैद आलमले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ३ ओभरमा २१ रन खर्चेर २ महतवपूर्ण विकेट लिए । पुनित मेहरा, साहब आलम र नोमन खानले १–१ विकेट लिए ।

बुधबार दिउँसो पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाएका थिए । विराटनगरलाई बलियो अवस्थामा पुर्याउन भारतीय अलराउन्डर पुनित मेहराले २६ बलमा ५ चौका र ४ छक्का सहित ६१ रनमा अविजित रहे । राजु रिजाल ९ रनमा अविजित रहे । छैटौं विकेटका लागि पुनित र राजुले ५.१ ओभरमा ६९ रनको अविजित साझेदारी गरेका थिए ।

पुनितले १९ औं ओभरमा राशिद खानलाई समान २ चौका र छक्का सहित २२ रन जोडेका थिए। अन्तिम ओभरमा प्रथामेश दाकेलाई पुनितले २ छक्का र १ चौका सहित कुल २२ रननै जोडे ।

ओपनर सुनिल धमला र मोहम्मद जैद आलमले पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । नवौं ओभरको दोस्रो बलमा कुशल मल्लले प्रथामेथ दाकेबाट लङअनमा जैदलाई २६ रनमा क्याच आउट गराए । जैदले २७ बलमा समान २ चौका र छक्का प्रहार गरे ।

१४ औं ओभरको पहिलो बलमा सवैजीत लड्डाले ओपनर सुनिल धमलालाई कप्तान शरद भेषावकरबाट ३६ रनमा क्याच आउट गराए । धमलाले ४० बलमा समान २ चौका र छक्का प्रहार गरे । लगत्तै अर्को बलमा कप्तान प्रदीप ऐरी ६ रनमा रन आउट हुन पुगे । शरदको १५ औं ओभरको दोस्रो बलमा ठूलो सट खल्न खोज्दा नोमन खान आशिफ शेखबाट १ रनमा क्याच आउट भए ।

यसै ओभरको पाँचौ बलमा लोकेश बमलाई शरदले एलबी डब्लू आउट गर्दै २ रनमा पेभिलिएन फर्काए । पोखराका कप्तान शरद भेषावकरले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । कुशल मल्ल र सर्वजीत लड्डाले १-१ विकेट लिए ।

पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको थियो । दोस्रो खेलमा पोखरा चितवन राइनोजसँग ६ विकेटले पराजित भएको थियो । विराटनगर पहिलो खेलमा धनगढी एक्स्पर्ट ब्लुजसँग ५ रनले पराजित भएको थियो । चौथो खेलमा पोखराले शुक्रबार बुटवल ब्लास्टर्ससँग खेल्ने छ । शनिवार विराटनगरले काठमाडौंको सामना गर्ने छ ।

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

Success

Thank you for your time.