default_image

5 years ago

December 18, 2019

पुनितको आक्रामक अर्धशतकमा पोखरालाई प्रतिस्पर्धात्मक लक्ष्य

82 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – भारतीय अलराउन्डर पुनित मेहराले आक्रामक ब्याटिङ गरेपछि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको दोस्रो खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई १ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । कमजोर अवस्थामा रहेको विराटनगरलाई मध्यम योगफल सम्म पुर्याउन पुनितले २६ बलमा ५ चौका र ४ छक्का सहित ६१ रनमा अविजित रहे । राजु रिजाल ९ रनमा अविजित रहे । छैटौं विकेटका लागि पुनित र राजुले ५.१ ओभरमा ६९ रनको अविजित साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका हुन् ।

पुनितले १९ औं ओभरमा राशिद खान र २० औं ओभरमा प्रथामेथ डाकेलाई समान २२ रन जोडेका थिए । पुनितले १९ औं ओभरमा राशिदलाई समान २ चौका र छक्का प्रहार गरे । अन्तिम ओभरमा दाकेलाई पुनितले २ छक्का र १ चौका प्रहार गरे ।

ओपनर सुनिल धमला र मोहम्मद जैद आलमले पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । नवौं ओभरको दोस्रो बलमा कुशल मल्लले प्रथामेथ दाकेबाट लङअनमा जैदलाई २६ रनमा क्याच आउट गराउँदै साझेदारी तोडेका थिए । जैदले २७ बलमा समान २ चौका र छक्का प्रहार गरे ।

१४ औं ओभरको पहिलो बलमा सवैजीत लड्डाले ओपनर सुनिल धमलालाई कप्तान शरद भेषावकरबाट ३६ रनमा क्याच आउट गराए । धमलाले ४० बलमा समान २ चौका र छक्का प्रहार गरे । लगत्तै अर्को बलमा कप्तान प्रदीप ऐरी ६ रनमा रन आउट हुन पुगे । शरदको १५ औं ओभरको दोस्रो बलमा ठूलो सट खल्न खोज्दा नोमन खान आशिफ शेखबाट १ रनमा क्याच आउट भए ।

यसै ओभरको पाँचौ बलमा लोकेश बमलाई शरदले एलबी डब्लू आउट गर्दै २ रनमा पेभिलिएन फर्काए । लोकेशको यो फ्रेन्चाइज लिगमा डेब्यू खेल हो । पोखराका कप्तान शरद भेषावकरले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । कुशल मल्ल र सर्वजीत लड्डाको नाममा १–१ विकेट रह्यो ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.