5 years ago
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक शतकमा पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित हात पारेको छ ।
बुधबार एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले हराउँदै काठमाडौंले अघिल्लो चरणको संभावना कायमै राखेको हो । काठमाडौंले प्रस्तुत गरेको १ सय ८६ रनको विशाल लक्ष्य धनगढी १६ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो ।
पहिलो ओभरको चौथो बलमै अमृत भट्टाइले ओपनर सन्दीप सुनारलाई अमृत श्रेष्ठबाट शून्यमा क्याच आउट गराए । पाँचौ ओभरको तेस्रो बलमा पवन सरार्फले विकेटकीपर श्रीमन्था विजयरत्नेलाई १५ रनमा एलबी डब्लू आउट गरे । श्रीमन्थाले १२ बलमा १ चौका र छक्का प्रहार गरे । छैटौं ओभरको तेस्रो बलमा रोड्रिगो थोमसलाई वसन्त रेग्मीले पवनबाट १० रनमा क्याच आउट गराए ।
सातौं ओभरको तेस्रो बलमा सुसन भारीले सन्दीप जोरालाई ७ रनमा पवनबाट क्याच गराउँदै पेभिलिएनको बाटो देखाए । आठौं ओभरको तेस्रो बलमा अमित यादवलाई वसन्तले पवनबाट ३ रनमा क्याच आउट गराए । १० औं ओभरको पहिलो बलमा कप्तान दिपेन्द्र सिंह ऐरीलाई वसन्तले विकेटकीपर जयकिशन कोल्सावालाबाट स्टम्पिङ आउट गराएपछि धनगढीको जितको आशा सकिएको थियो । धनगढीको निरन्तर विकेट पतन जारी रह्यो । सौरव खनाल ९, कमल सिंह ऐरी २, बिक्रम ठगुन्ना ९ र सागर ढकाल ६ रनमा आउट भए ।
अनुभवी स्पिनर वसन्त रेग्मीले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । भारतीय तीब्र गतिका बलर सुवोध भाटीले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । सुसन भारी र अमृत भट्टाइको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि बुधबार विहान पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले ज्ञानेन्द्रको शतकमा १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । हुस्सुको कारण खेल सुरु हुँदा ३ ओभर घटाइएको थियो । कप्तान ज्ञानेन्द्र मल्लले ३८ बलमा ८ चौका र ९ छक्का सहित १ सय रनको योगदान दिए । पीपीएलमा शतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो ब्याट्सम्यान बनेका छन् । ज्ञानेन्द्र अन्तिम ओभरको तेस्रो बलमा सन्दीप जोराबाट क्याच हुन पुगेका थिए ।
मैदानमा छक्का र चौकाको वर्षा बनाएका ज्ञानेन्द्रले ३७ बलमा पीपीएलको पहिलो शतक प्रहार गरेका थिए । सुरवाती अर्ध शतक २४ बलमा पुरा गरेका ज्ञानेन्द्रले दोस्रो ५० रन मात्रै १३ बलमा पुरा गरेका थिए ।
विकेटकीपर जयकिशन कोल्सावा ३७ बलमा ४ चौका र २ छक्का सहित ४६ रनमा आउट भए । तेस्रो विकेटका लागि ज्ञानेन्द्र र जयकिशनले १ सय ३१ रनको शतकीय साझेदारी गरेपछि काठमाडौंले विशाल योगफलमा बनाएको थियो ।
काठमाडौंले ओपनर गौरव तोमरलाई शून्यमा गुमाएको थियो । उनलाई पहिलो ओभरको तेस्रो बलमै कमल सिंह ऐरीले दिपेन्द्र सिंह ऐरीबाट क्याच गराएका थिए। दोस्रो विकेटका लागि जयकिशन कोल्सावाला र अमित श्रेष्ठले ५० रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए । सागर ढकालको बलमा ठूलो सट खेलेका अमितलाई मिड विकेटको वाउन्ड्री लाइन नजिकै उत्कृष्ट डाइभ हान्दै विक्रम ठगुन्नाले ३४ रनमा पेभिलिनको बाटो देखाए । उनले २१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
१२ औं ओभरमा ज्ञानेन्द्रले दीपेन्द्र सिंह ऐरीलाई २ छक्का र १ चौका सहित कुल २० रन जोडेका थिए । विश्फोटक ब्याटिङ गरेका ज्ञानेन्द्रले १३ औं ओभरमा बिक्रम ठगुन्नालाई समान २ चौका र छक्का सहित २१ रन जोडे । १४ औं ओभरमा ज्ञानेन्द्रले अमित यादवलाई ३ छक्का सहित २१ रन बटुलेका थिए । धनगढीका लागि कमल सिंह ऐरीले ४ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले १ विकेट लिए ।
काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेट र वुटबल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भएको थियो । पहिलो खेलमा धनगढीले विराटनगर टाइटन्समाथि ५ रनको रोमान्चक जित निकालेको थियो । काठमाडौंले चौथो खेलमा विराटनगर टाइटन्ससँग शनिवार खेल्ने छ । धनगढीलेले तेस्रो खेलमा शुक्रबार चितवन राइनोजको सामना गर्ने छ ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]