5 years ago
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक शतकसँगै दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८६ रनको विशाल लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको काठमाडौं गोल्डेन्स वारियर्सले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । हुस्सुको कारण निर्धारित समय भन्दा केहि ढिला खेल सुरु हुँदा खेल १७ ओभरमा झारिएको थियो ।
काठमाडौंलाई विशाल योगफल सम्म पुर्याउन कप्तान ज्ञानेन्द्र मल्लले ३८ बलमा ८ चौका र ९ छक्का सहित १ सय रनको योगदान दिए । पीपीएलमा शतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो ब्याट्सम्यान बनेका छन् । ज्ञानेन्द्र अन्तिम ओभरको तेस्रो बलमा सन्दीप जोराबाट क्याच हुन पुगेका थिए ।
मैदानमा छक्का र चौकाको वर्षा बनाएका ज्ञानेन्द्रले ३७ बलमा पीपीएलको पहिलो शतक प्रहार गरेका थिए । ज्ञानेन्द्रले १७ औं ओभरको पहिलो बलमा कमल सिंह ऐरीलाई १ रन लिदै शतक पुरा गरेका थिए ।
जयकिशन कोल्सावाले ३७ बलमा ४ चौका र २ छक्का सहित ४६ रनको योगदान दिए । तेस्रो विकेटका लागि ज्ञानेन्द्र र जयकिशनले १ सय ३१ रनको शतकीय साझेदारी गरेपछि विशाल योगफलमा पुगेको हो । ज्ञानेन्द्रले १३ औं ओभरको पाँचौ बलमा बिक्रम ठगुन्नालाई छक्का प्रहार गर्दै २४ बलमा अर्ध शतक पुरा गरेका थिए ।
काठमाडौंका ओपनर गौरव तोमरलाई पहिलो ओभरको तेस्रो बलमै कमल सिंह ऐरीले दिपेन्द्र सिंह ऐरीबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फर्काए । दोस्रो विकेटका लागि जयकिशन कोल्सावाला र अमित श्रेष्ठले ५० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सागर ढकालको बलमा ठूलो सट खेलेका अमितलाई मिड विकेटको वाउन्ड्री लाइन नजिकै उत्कृष्ट डाइभ हान्दै क्याच लिएपछि ३४ रनमा पेभिलिएन फर्केका थिए । उनले २१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
११ औं ओभरको दोस्रो बलमा जयकिशनले सट थर्डम्यानमा प्रहार गरेको सट अनिल खरेलले क्याच छाड्दै २६ रनमा जिवनदान दिएका थिए ।
१२ औं ओभरमा ज्ञानेन्द्रले दीपेन्द्र सिंह ऐरीलाई २ छक्का र १ चौका सहित कुल २० रन जोडेका थिए । ज्ञानेन्द्रले १३ औं ओभरको पाँचौ बलमा बिक्रम ठगुन्नालाई छक्का प्रहार गर्दै २४ बलमा अर्ध शतक पुरा गरेका थिए । विश्फोटक ब्याटिङ गरेका ज्ञानेन्द्रले १३ औं ओभरमा बिक्रम ठगुन्नालाई समान २ चौका र छक्का सहित २१ रन जोडेका थिए ।
१४ औं ओभरमा ज्ञानेन्द्रले अमित यादवलाई ३ छक्का सहित २१ रन जोडेका थिए । धनगढीका लागि कमल सिंह ऐरीले ४ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । सागर ढकालको नाममा १ विकेट रह्यो ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]