default_image

5 years ago

December 18, 2019

बलियो पोखराको सामना गर्दै विराटनगर

99 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा बुधबारको दोस्रो खेलमा पोखरा पल्टन र विराटनगर टाइटन्स भिड्दै छन् । खेल १२:४५ बजेदेखी पोखरा रंगशालामा सुरुहुने छ ।

पोखरा दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको पोखरा दोस्रो खेलमा चितवन राइनोजसँग ६ विकेटले पराजित हुन पुगेको थियो । विराटनगर पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजसँग ५ रनको झिनो अन्तरले पराजित भएको थियो । शरद भेषावकर कप्तान रहेको पोखरा दोस्रो र प्रदीप ऐरी कप्तान रहेको विराटनर पहिलो जित निकाल्ने सोचमा छन् ।

विराटनरले धनगढीविरुद्ध बलिङमा उत्कृष्ट प्रर्दशन गरेपनि ब्याटिङमा कमजोर प्रर्दशन गर्दा झिनो अन्तरको हार बेहोर्नु परेको थियो । विराटनगरका स्पिनर साहव आलमले ३ र पाकिस्तानका युवा अलराउन्डर नोमन खानले २ विकेट लिएपछि धनगढी ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाएको थियो ।

डेथ ओभरमा रन जोड्न नसक्दा पराजित हुन पुगेको थियो । उसका दुबै ओपनर दिलिप नाथ र मोहम्मद जैद आलमले खाता खोल्न सकेका थिएनन् । आज राजेश पुलामी मगर वा दिलिप मध्य एकको स्थानमा यू१९ टोलीका युवा ब्याट्सम्यान लोकेश बलले मौका पाउन सक्ने संभावना रहन्छ ।

पोखराले चितवनविरुद्ध ब्याटिङमा कमजोर प्रर्दशन गरेको थियो । पोखराका कप्तान शरद भेषावकरले ४५ रन जोड्नु बाहेक अन्यको प्रर्दशन राम्रो हुन सकेन । रविइन्दर सिंह १० रनमा आउट हुँदा कमजोर योगफल तयार पारेको थियो । पोखराले रोहित कुमार पौडेलको स्थानमा अलराउन्डर कृष्ण कार्कीलाई मैदान उतार्न सक्ने संभावना रहन्छ ।

विराटनगरको टोली:

प्रदीप ऐरी (कप्तान), दिलिप नाथ (विकेटकीपर), दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनाश थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल , साहब आलम, सुनिल धमला, लोकेश बम, पुनित मेहरा (भारत) मोहम्मद जैद आलम र नोमन खान (पाकिस्तान)।

पोखरा पल्टनको टोली:

शरद भेषावकर (कप्तान) रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, कुशल मल्ल, आकाश चन्द, अनिल गुरुङ, रविइन्दर सिंह, सर्वतीत लड्डा र प्रथामेश दाके ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.