default_image

5 years ago

December 18, 2019

धनगढीविरुद्ध काठमाडौंलाई जित्नै पर्ने दबाब

84 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बुधबार पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्स र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ९ बजेबाट पोखरा रंगशालमा रहेको क्रिकेट मैदानमा सुरु हुने छ ।

ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौंलाई अघिल्लो चरणको आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा पराजित भए काठमाडौंको झिनो अंक गणितीय संभावना मात्रै बाँकी रहने देखिन्छ । पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

पहिलो खेलमा कमजोर ब्याटिङ गरेको काठमाडौंले तुलनात्मक रुपमा दोस्रो खेलमा सुधारिएको प्रर्दशन गरेको थियो । बुटवलविरुद्ध पवन सरार्फले २१ बलमा ३ चौका र २ छक्का सहित ३७ रन जोडेका थिए । जुन खेलमा सुवोध भाटी शून्य र गौरव तोमर १ रनमा आउट हुँदा काठमाडौंले ठूलो योगफल बनाउन चुकेको थियो । कप्तान ज्ञानेन्द्र मल्लले दुबै खेलमा खराब ब्याटिङ गरेका छन् । पोखराविरुद्ध १ रनमा बोल्ड आउट भएका ज्ञानेन्द्र बुटवलविरुद्ध १५ रनमा क्याच आउटको शिकार बन्न पुगेका थिए ।

कप्तान ज्ञानेन्द्रले रन जोड्न नसक्दा टोली केहि दबाबमा देखिन्छ । ज्ञानेन्द्रलाई आजको खेलमा ठूलो इनिङ खेल्न दबाब छ । प्रमुख तीन स्पिनरलाई बुटवलविरुद्ध मैदान उतारेको काठमाडौंले आज सुर्य तामाङलाई बेन्चमा राख्दै अमृत भट्टाइलाई मौका दिन सक्छ । पिच स्पिनर उपयोगी हुँदा तीनै स्पिनरको संभावना छ ।

यता धनगढीले विराटनरमाथि ५ रनको रोमान्चक जित निकालेको थियो । कप्तान दिपेन्द्र सिंह ऐरीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि धनगढीको जित संभव बनेको थियो । बलिङमा उत्कृष्ट प्रर्दशन गरेको धनगढीले ब्याटिङमा भने कमजोर प्रर्दशन गरेको थियो । दिपेन्द्र शून्यमा आउट भएका थिए । धनगढीका तल्लोक्रमका कमल सिंह ऐरीले आक्रामक ब्याटिङ गरेका थिए ।

विराटनगरविरुद्ध धनगढीका तीनै विदेशी खेलाडी रोड्रिगो थोमस, श्रीमन्था विजयरत्ने र अमित यादवले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । यी तीन विदेशी खेलाडीबाट ठूलो आशा गरिएको छ । यी तीन विदेशी खेलाडीसँगै दिपेन्द्र धनगढीका प्रमुख हतियार हुन् । पहिलो खेलमा धनगढीको ब्याटिङ कमजोर देखिएको थियो । ब्याटिङ लाइन अप बलियो बनाउन धनगढीले आज सन्दीप रजालीलाई मैदान उतार्न सक्छ । बलिङमा भने आज धनगढीमा परिवतर्नको संभावना न्युन रहेको छ ।

धनगढीको टोली :

दीपेन्द्र सिंह ऐरी (कप्तान), मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम, अनिल खरेल, सुवेन्दु पाण्डे, अरुण ऐरी, अमित यादव, श्रीमन्ता विजयरत्ने र रोड्रिगो थोमस ।

काठमाडौंको टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, वसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल, अमृत भट्टाई, सुर्य तामाङ, गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.