default_image

5 years ago

December 18, 2019

आईपीएल अक्सनः १० करोडमाथि मूल्य लाग्न सक्ने ३ खेलाडी

99 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन विहीबार हुँदै छ । कोलकतामा हुने अक्सनमा नेपाली खेलाडीको नाम छैन । नेपालको तर्फबाट कुनै पनि खेलाडीले नामनै दर्ता गराएनन् ।

एक महिना अघिनै सबै फुकुवा र टोलीमा रहने खेलाडीको नाम सार्वजनिक गरि सकेका छन् । अक्सनमा कुल ३ सय ३२ खेलाडी छन् । अफगानिस्तानका १५ वर्षिय स्पिनर नूर अहमद देखी इंग्ल्यान्डलाई विश्वकप जिताउने कप्तान इओन मोर्गन सम्मका खेलाडी अक्सनमा छन् । सबैको टोलीको लक्ष्य अक्सनमा मूख्य आवश्यकता पुरा गर्न सक्ने खेलाडीलाई अनुबन्ध गर्ने हुन्छ ।

टोलीको आवश्कता पूरा गर्न सक्ने खेलाडीलाई अनुबन्ध गर्न अक्सनमा फ्रेन्चाइज टोलीले करोडौं मूल्य तिर्न पछि पर्दैनन् । पैसा भन्दा पनि ती खेलाडी टोलीलाई बढि महत्वपूर्ण हुन्छ । अक्सन अघि सबै टोलीको फुकुवा तथा अनुवन्ध, टोलीको आवश्यकता, खेलाडीको प्रर्दशन, खेल्ने शैली लगायत सबै हेर्दा यी ३ खेलाडीलाई अक्सनमा १० करोड भन्दामाथि भारतीय रुपैयाँ तिर्न पनि फ्रेन्चाइज टोली तयार हुने देखिन्छ ।

इओन मोर्गन (ब्याट्सम्यान)

इंग्ल्यान्डका कप्तान इओन मोर्गन यस पटकको अक्सनमा सबैभन्दा बढि मूल्यमा बिक्न सक्ने खेलाडी हुन् । विश्फोटक ब्याट्सम्यान मोर्गनले ठूलो इनिङ खेल्दै एक्लै खेल जिताउन सक्ने क्षमता राख्छन् । इंग्ल्यान्डलाई विश्वकप जिताउन मोर्गनको प्रर्दशन र नेतृत्व दुबै उत्कृष्ट थियो । वर्तमान विश्व क्रिकेटमा मोर्गन सर्वाधिक सफल कप्तान मध्यका एक हुन् ।

मोर्गनले निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । मोर्गन ठूला सट खेल्ने गर्दछन् । गत महिना न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिजमा पनि उत्कृष्ट प्रर्दशन गरेका थिए । जुन सिरिजको चौथो खेलमा मोर्गनले ४१ बलमा समान ७ छक्का र चौका सहित ९१ रनमा जोडेका थिए ।

विश्व क्रिकेटमा मोर्गन एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी हुन् । उनले विश्वकपमा अफगानिस्तानविरुद्ध ७१ बलमा १७ छक्का र ४ चौका सहित १ सय ४८ रनको विश्फोटक इनिङ खेलेका थिए । जुन खेलमा मोर्गनले स्पिनर राशिद खानलाई मात्रै ११ छक्का प्रहार गरेका थिए । राशिदले आफ्नो क्रिकेट करिअरमा सम्भव त त्यो इनिङ विर्सने छैनन् ।

मोर्गन स्पिनरमाथि खुलेर खेल्ने गर्दछन् । प्राय गरेर स्पिनर मध्यक्रममा प्रयोग गरिन्छ । पावर प्ले र डेर्थ ओभरमा तुलनात्मक रुपमा स्पिनर कम प्रयोग गरिन्छ । मध्यक्रमका ब्याट्सम्यान मोर्गनलाई त्यसैको कारण पनि धेरै टोलीले अनुबन्ध गर्न चाहान्छन् ।

तीब्र गतिको बलिङमा पनि मोर्गन त्यतिनै ठूला सट खेल्ने गर्दछन् । त्यसैले मोर्गनमाथि सवैको नजर देखिन्छ । किंग्स इलाभेन पञ्जाव उत्कृष्ट कप्तानको खोजिमा छ । इंग्ल्यान्डलाई विश्वकप जिताउने मोर्गन सहि विकल्प पनि हुन् । सनराइजर्स हैदराबाद र मुम्बइ इन्डियन बाहेक अन्य ६ टोली उत्कृष्ट मध्यक्रमका ब्याट्सम्यानको खोजिमा छन् ।

पञ्जावले मोर्गनलाई टोलीमा कप्तानका रुपमा अनुबन्ध गर्न चाहान्छ । मोगर्नलाई भित्र्याउन विराट कोहली कप्तान रहेको बेंगलोरले पनि हर प्रयास गर्ने छ । अन्य टोलीले पनि मोर्गनलाई आफ्नो टोलीमा भित्र्याउन करोडौं मूल्य तिर्नपछि पर्ने छैनन् ।

क्रिस लिन (ओपनर)

कोलकता नाइट राइडर्सले अष्टेलियाका ओपनर क्रिस लिनलाई फकुवा गर्दा सबै आश्चर्यमा परे । गत वर्ष आइपीएलमा लिनले १३ खेलमा ४ अर्ध शतक सहित कुल ४ सय ५ रन जोडेका थिए । लिनलाई कोलकताले ९ करोड ४० लाख भारतीय रुपैयाँ खचेर अनुबन्ध गरेको थियो । अक्सनमा दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र किंस इलाभेन पञ्जावमा राम्रो ओपनर जोडी छन् ।

यी तीन टोलीले अक्सनमा ओपनरमा पैसा खर्चिने छैनन् । चेन्नइ सुपर किंग्स, मुम्बइ इन्डियन्स, राजस्थान रोयल्स, कोलकता र रोयल च्यालेन्जर बेंगलोर उत्कृष्ट ओपनर भित्र्याउन चाहान्छन् । अक्सनमा रहेका खेलाडीमा लिन र इंग्ल्यान्डका युवा खेलाडी टम ब्यान्टननै प्रमुख ओपनर हुन् । लिनले पछिल्लो समय दमदार प्रर्दशन गरि रहेका छन् ।

एक महिना अघि टि टेन लिगमा उनले मराठा अरिवियन्सबाट ८ खेलमा २ सय ३६ को स्ट्राइक रेटमा ३ सय ७१ रन जोडेका थिए । जसमा २९ चौका र ३१ छक्का सामेल छ । ८ मध्य ४ खेलमा अर्ध शतक प्रहार गरेका थिए । उत्कृष्ट लयमा रहेका लिनले अक्सनमा आफ्नो न्युनतम मूल्य २ करोड भारतीय रुपैयाँ राखेका छन् । लिनलाई भित्र्याउन फ्रेन्र्चाज टोलीले पैसाको प्रवाह गर्ने छैनन् ।

ग्लेन म्याक्सवेल (विष्फोटक ब्याट्सम्यान)

विश्व क्रिकेटमा म्याक्सवेलको परिचय दिन उनको नाम प्रयाप्त छ । विश्फोटक ब्याटिङ गर्दै एकै ओभरमा खेलको दिशानै परिवर्तन गर्नसक्ने म्याक्सवेलले पार्ट टाइम स्पिन बलिङ पनि गर्ने गर्दछन् । म्याक्सवेल मानसिक समस्याको कारण केहि समयको विश्राम पछि बिग ब्यासमा फर्किएका छन् ।

टि ट्वान्टी सबै टोली विश्फोटक ब्याट्सम्यान टोलीमा होस् भन्ने चाहान्छन् । राजस्थान, मुम्बइ, चेन्नइ र कोलकतामा उत्कृष्ट फिनिसर छन् । दिल्ली क्यापिटल्स, हैदरावाद, पञ्जाव र बेंगलोर उत्कृष्ट विश्फोटक सिनिसरको खोजिमा छन् । गत वर्ष यी चारै टोलीको फिनिसर कमजोर देखिएका थिए ।

उपाधि जित्ने लक्ष्यमा रहेका यी चारै टोली म्याक्सवेललाई टोलीमा भित्र्याउन चाहान्छन् । जसको लागि करोडौं मूल्य तिर्न पछि पर्ने छैनन् । गत वर्ष म्याक्सवेललाई दिल्लीले फुकुवा गरेको थियो । तर म्याक्सवेलले एक दिवसिय विश्वकपको कारण अक्सनमा आफ्नो नामनै दिएनन् ।

सन् २०१८ को अक्सनमा दिल्लीले उनलाई ९ करोड भारतीय रुपैयाँ खर्चेर अनुबन्ध गरेको थियो । म्याक्सवेललाई अक्सनमा १० करोड भन्दा माथिको मूल्य तिर्नपनि फ्रेन्चाइज टोली तयार हुने देखिन्छ । म्याक्सवेलले आफ्नो न्युनतम मूल्य २ करोड भारतीय रुपैयाँ राखेका छन् ।

यो पनि : अफगानिस्तानका १५ वर्षीय नूर आईपीएल अक्सनमा

February 27, 2025

पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा बाधक

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

Success

Thank you for your time.