5 years ago
December 17, 2019
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आज गत वर्षको विजेता पोखरा पल्टन र उप विजेता चितवन राइनोज भिड्दै छन् । खेल विहान ११ः३० मा पोखरा रंगशालमा हुने छ ।
चितवन दोस्रो संस्करणमा पहिलो खेल खेल्दै छ । पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारीयर्सलाई ९ विकेटले हराएको थियो । पोखरा लगातार दोस्रो जित निकाल्न चाहान्छ ।
पहिलो खेलमा पोखराले काठमाडौंविरुद्ध बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रर्दशन गरेको थियो । पोखरा त्यहि लयलाई चितवनविरुद्ध निरन्तरता दिन चाहान्छ । काठमाडौंविरुद्ध ओपनर कुशल भुर्तेलले उत्कृष्ट अविजित अर्ध शतकीय इनिङ खेलेका थिए । उनलाई भारतीय ब्याट्सम्यान रविइन्दर सिंहले राम्रो साथ दिएका थिए ।
काठमाडौंविरुद्ध ६ ब्याट्सम्यान र ५ बलरको साथ मैदान उत्रेको पोखराले आज पनि त्यसैलाई निरन्तरता दिने संभावना बलियो छ । पहिलो खेलमा पोखराका सबै खेलाडीले राम्रो प्रर्दशन गरेका हुँदा टोलीमा परिवर्तनको संभावना न्युन छ ।
यता पारस कप्तान रहेको चितवन कागजी रुपमा सर्वाधिक बलियो टोली हो । गत वर्षमा फाइनलमा चितवन पोखरासँगै पराजित भएको थियो । पीपीएलमा चितवन पोखरासँग दुबै खेलमा पराजित भएको छ । नेपाली फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गरि रहेका भारतीय अलराउन्डर सन्नी पटेल, हङकङका बाबर हायत र यूएईका रोहन मुस्तफा चितवनमै छन् ।
जसको कारण बलियो बनेको छ । यी तीन खेलाडीसँगै पारस चितवनका प्रमुख हतियार हुन् । चितवनमा ब्याटिङमा गहिराइ छ । प्रमुख चार खेलाडीलाई छाड्दा पनि अनिल कुमार शाह, हरि शंकर शाह, सुमित महर्जन, आरिफ शेख, सोनु तामाङ जस्ता ब्याट्सम्यान चितवनमा छन् । तीब्र गतिका बलरमा करण केसी र विक्रम शोबको जोडीलाई मैदान उतार्ने संभावना छ । अलराउन्डर भरिएको चितवनले स्पिनरमा एकलाई मात्र मौका दिन सक्छ । चितवनमा भुवन कार्की र विक्रम भुषाल स्पिनरको रुपमा छन् । जसमा भुवनको संभावना बलियो छ ।
चितवन राइनोजको टोली :
पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब, आकश थापा, विक्रम भुषाल, सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा ।
पोखरा पल्टनको टोली :
शरद भेषावकर(कप्तान) रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, कुशल मल्ल, आकाश चन्द, अनिल गुरुङ, रविइन्दर सिंह, सर्वतीत लड्डा र प्रथामेश दाके ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]