default_image

5 years ago

December 16, 2019

सुपर ओभरमा बुटवल विजयी

76 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – अभिनाश बोहोराले सुपर ओभरमा मात्र २ रन खर्चेपछि बुटवल ब्लास्टर्सले सुपर ओभरमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै पोखरा प्रिमियर लिग (पीपीएल) मा विजयी सुरुवात गरेको छ ।

सुपर ओभरमा बुटवलले १२ रन जोड्दै प्रतिस्पर्धात्मक लक्ष्य दिएपछि जवाफमा अभिनाशले उत्कृष्ट बलिङ गरे । उनले गौरव तोमरलाई तेस्रो बलमा आउट गर्दै त्यसपछि लगातार तीन बल डट राखेका थिए । बुटवलका लागि म्यान अफ द म्याच हर्ष टंकले २ चौका प्रहार गरेका थिए ।

त्यसअघि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बुटवलले अन्तिम बलमा विकेट गुमाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा पवन सर्राफले सुरुवाती ३ बल डट राखे । त्यसपछि वाइड फ्याँकेका उनले चौथो बलमा शिवम सिंहको छक्का खाए । पाँचौ बलमा १ रन लिएपनि अन्तिम बलमा विपिन खत्री स्टम्पिङ आउट भए ।

बुटवलले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन जोड्दा शिवमले २१ बलमा २ चौका र ३ छक्कासहित ३३ रन जोडे । टंकले २९ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनको योगदान दिएका थिए । काठमाडौंका लागि सुशन भारि र सुबोध भाटीले २-२ विकेट लिए ।

पहिलो इनिङमा काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो । पवन सर्राफले अन्त्यमा २१ बलमा नटआउट ३७ रन जोडेपछि काठमाडौंले बलियो योगफल खडा गर्यो । जयकिशन कोल्सावालाले २८ र आदील खानले २३ रनको योगदान दिए । बुटवलका नितेश थापाले २ विकेट लिए ।

त्यसअघि पहिलो खेलमा धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गर्दै लिगमा सुखद् सुरुवात गर्यो । धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र जोड्न सक्यो । विराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन जोडे। २२ बलको सामना गरेका उनले २ चौका र १ छक्काको प्रहार गरे ।

विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १७ रनको योगफल तयार पारेको थियो । धनगढीका कमल सिंह ऐरी २६ र सागर ढकाल १ रनमा नटआउट रहे । श्रीमन्था विजारत्ने २५, रोड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२, मन्जित श्रेष्ठले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकको जोडन सकेनन् । विराटनगरका शाहब आलमले ३ विकेट लिए ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.