5 years ago
December 16, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा एक्स्पर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्स भिड्दै छन् । खेल विहान ९ बजेदेखी पोखरा रंगशालामा सुरु हुने छ ।
विराटनगरको कप्तानी प्रदीप ऐरीले गर्ने छन् । धनगढी सिनियर राष्ट्रिय टोलीका उप कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा मैदान उत्रने छ । प्रदीपले फ्रेन्चाइज लिगमा पहिलो पटक कप्तानी गर्न लागेका हुन् । सन्दीप लामिछानेले नखेल्ने भएपछि प्रदीपले कप्तानी गर्दै छन् । बुटवल र धनगढी कागजी रुपमा दुबै एकै स्तरका टोली हुन् । दुबै मैदानमा उत्कृष्ट प्रर्दशन गर्दै बलियो रहेको अन्य टोलीलाई संकेत दिन चाहान्छन् ।
दीपेन्द सम्मिलित धनगढी युवा खेलाडीको जोश र जागरले भरिएको छ । आइपीएल अनुभवी भारतीय अलराउन्डर अमित यादव, दीपेन्द्र र सन्दीप जोरा प्रमुख खेलाडी हुन् । सन्दीप सुनार, दीपेन्द्र, क्यानडाका श्रीमन्था विजयरत्ने, रोड्रियो थोमस माथिल्लोक्रमका ब्याट्सम्यान हुन् । सन्दीप जोरा, सौरव र अमितले तल्लोक्रममा ठूला सटको भुमिका निर्वाह गर्ने छन् । तीब्र गतिको बलरको रुपमा कमलसिंह ऐरी र अमितको जोडी रहने छ । स्पिनरमा घरेलु उमेर समुहमा उत्कृष्ट प्रर्दशन गरि रहेका सागर ढकाल र अनिल खरेल छन् ।
यता विराटनगरको लागि पाकिस्तानका अलराउन्डर मोहम्मद जैद आलम र भारतीय अलराउन्डर पुनित मेहरा प्रमुख खेलाडी हुन् । यी दुई खेलाडीको प्रर्दशन विराटनगरको लागि प्रतियोगिताभर महत्वपूर्ण रहने छ । विराटनगरको ओपनिङ जैद आलम र दिलिप नाथले गर्ने संभावना छ । प्रदीप, राजु, सुनिल धमला र लोकेश बम शीर्ष र मध्यक्रमका ब्याट्सम्यान हुन् ।
तल्लोक्रममा पाकिस्तानका युवा खेलाडी नोमन खान छन् । हिटर नोमन ठूला सटको लागि परिचित छन् । तीब्र गतिको बलरको रुपमा योर्कर बल परिचित जितेन्द्र मुखिया र युवा खेलाडी किशोर महतो रहने छन् । किशोर पहिलो पटक सिनियर टोलीमा पर्ने सोचमा छन् भने जितेन्द्र पुनरागमन गर्न पीपीएलमा उत्कृष्ट प्रर्दशन गर्न चाहान्छन् । स्पिनरमा साहब आलम र पुनितको जोडी रहने छ । गत वर्ष धनगढीले विराटनगरलाई ७८ रनले पराजित गरेको थियो ।
विराटनगरको टोली :
प्रदीप ऐरी (कप्तान), दिलिप नाथ (विकेटकीपर), दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनाश थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल , साहब आलम, सुनिल धमला, लोकेश बम, पुनित मेहरा (भारत) मोहम्मद जैद आलम र नोमन खान (पाकिस्तान)।
धनगढीको टोली :
दीपेन्द्र सिंह ऐरी (कप्तानं), मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम, अनिल खरेल, सुवेन्दु पाण्डे, अरुण ऐरी, अमित यादव (भारत), श्रीमन्ता विजयरत्ने र रोड्रिगो थोमस (क्यानडा) ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]