5 years ago
December 15, 2019
एजेन्सी – युवा ब्याट्सम्यान शिमरोन हेटमायर र शाई होपले उत्कृष्ट शतक प्रहार गरेपछि तीन ओडीआई सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले हराएको छ ।
आइतबार राती भारतले प्रस्तुत गरेको २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४७.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । भारतलाई घरेलु मैदानमै हराउन वेस्ट इन्डिजका शाइ होप र शिमरोन हेटमायरले सानदार शतक प्रहार गरे ।
आफ्नो ओडीआई करिअरको पाँचौ शतक ८५ बलमा पुरा गरेका हेटमायरले १ सय ३९ रनको आक्रामक शतकीय इनिङ खेलेपछि वेस्ट इन्डिजले भारतलाई सहजै हराएको हो । मोहम्मद शामीको ३९ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा श्रेयस ऐरबाट क्याच आउट हुनुअघि हेटमायरले १ सय ६ बलमा ११ चौका र ७ छक्का प्रहार गरे । हेटमायरको यो ओडीआई करिअरको उच्च प्रर्दशन हो ।
अर्का ओपनर शाइ होप १ सय ५१ बलमा ७ चौका र १ छक्का सहित १ सय २ रनमा अविजित रहे । होपको यो ओडीआई करिअरको ८ औं शतक हो । दोस्रो विकेटका लागि शाइ होप र शिमरोन हेटमायरले २ सय १८ रनको साझेदारी गरेपछि वेस्ट इन्डिजको जित पक्का बनेको थियो । ओपनर सुनिल एम्ब्रिस ९ रनमा आउट भए । निकोलस पुरन २९ रनमा अविजित रहे । पुरनले २३ बलमा ४ चौका प्रहार गरे । भारतका दीपक चाहार र मोहम्मद शामीले १–१ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङ थालेको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो । भारतका श्रेयस ऐर ७० र विकेटकीपर ऋषभ पन्तले ७१ रनको योगदान दिए । खराब सुरुवात गरेको भारतलाई श्रेयस ऐर र ऋषभ पन्तले चौथो विकेटका लागि १ सय १४ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए ।
यी दुईबीचको साझेदारी अल्जारी जोशेफले ३७ औं ओभरको चौथो बलमा कप्तान काइरोन पोलार्डबाट श्रेयसलाई क्याच आउट गराउँदै तोडे । उनले ८८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ऋषभलाई पोलार्डले शिमरोन हेटमायरबाट क्याच आउट गराए । पन्तले ६९ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
शेल्डन कोट्टेलले ओपनर सातौं ओभरको दोस्रो बलमा ओपनर लोकश राहुललाई ६ रनमा पेभिलिएन फर्काए । कप्तान विराट कोहलीलाई यसै ओभरको अन्तिम बलमा शेल्डनले ४ रनमा बोल्ड आउट गरेपछि भारत दबाबमा परेको थियो ।
१९ ओभरको पहिलो बलमा जोशेप अल्जारीले पोलार्डबाट ओपनर रोहित शर्मालाई ३६ रनमा क्याच आउट गराएपछि भारतले घरेलु मैदानमै केहि समय रन जोड्न संघर्ष गर्नु परेको थियो । तल्लोक्रमका रविन्द्र जडेजा २१, केदार जाधव ४०, शिवम दुबे ९ रनमा आउट भए । दीपक चाहर ६ रनमा नट आउट रहे ।
वेस्ट इन्डिजका शेल्डन कट्रेल, किमो पल र अल्जारी जोशेफले २–२ विकेट लिए । काइरोन पोलार्डको नाममा १ विकेट रह्यो । दोस्रो ओडीआई खेल बुधबार हुने छ । तीन टि ट्वान्टी सिरिज भारतले २–१ ले जितेको थियो ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]