default_image

5 years ago

December 15, 2019

युवा खेलाडीमा निर्भर धनगढी

138 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरी कप्तान रहेको एक्स्पर्ट धनगढी ब्लुज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा सर्वाधिक युवा खेलाडीले भरिएको टोली हो ।

मञ्जित श्रेष्ठ र विकेटकीपर सुवेन्दु पाण्डेलाई छाड्दा टोलीमा सबै युवा खेलाडी छन् । आइपीएल अनुभवी अमित यादव, क्यानडाका श्रीमन्था विजयरत्ने र रोड्रियो थोमस धनगढीका विदेखी खेलाडी हुन् । गत वर्ष धनगढी ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा रहेर लिग चरणबाटै बाहिरिएको थियो । पोखरा पल्टन, चितवन राइनोज र काठमाडौं गोल्डेन वारियर्सको समान ६ अंक भएपनि नेट रन रेटलेपछि पर्दै धनगढी बाहिरिएको थियो ।

डीपीएलको नजिता ल्याउने सोचमा दीपेन्द्र

गत वर्षको धनगढी प्रिमियर लिगमा सिवाईसी अत्तरिया पनि युवा खेलाडीले भरिएको र कमजोर टोली अनुमान गरिएको थियो । तर दीपेन्द्रले सबैलाई आश्चर्य पार्दै अत्तरियालाईनै च्याम्पियन बनाएका थिए । त्यस्तै आशा धनगढीले पीपीएलमा गरेको छ ।

धनगढीको कमजोरी पक्ष भनेको अनुभवी खेलाडीको कमी र ठूला स्टार खेलाडी नहुनु हो । धनगढीमा युवा खेलाडीको बाहुल्यता छ । अर्कोतर्फ विदेशी खेलाडीमा अमित, क्यानडाका श्रीमन्था र रोड्रिगो थोमस छन् । क्यानडा र नेपालको क्रिकेट स्तर एकै हो । श्रीमन्था र रोड्रिगोबाट ठूलो आशा गर्न सकिदैन । महत्वपूर्ण र दबाबमा अनुभवी खेलाडीको आवश्यक पर्छ । तर धनगढीमा ति खेलाडी देखिदैनन् । अर्कोतर्फ धनगढीमा ठूला नाम गरेका खेलाडी पनि छैनन् ।

युवामा निर्भर

धनगढीको बलियो पक्ष्यनै युवा खेलाडी हुन् । सिनियर टोलीका उप कप्तान दीपेन्द्र र हिटर सन्दीप जोरा सिनियर टोलीका सदस्य हुन् । युवा खेलाडीको लागि सिनियर टोलीसम्म पुग्ने यो राम्रो अवसर हो । त्यसैले सबै खेलाडी अवसर गुमाउन चाहादैनन् । शतप्रतिशत आफ्नो प्रर्दशन देखाउन चाहान्छन् । जसको फाइदा धनगढीलाई हुनेछ ।

सागर ढकाल, कमल सिंह ऐरी, अनिल खरेल, सौरव खनाल, रोविन क्षेत्री, सन्दीप जोरा, फिर्दोस अन्सारी, सन्दीप रजाली लगातको यूवा खेलाडीमा छन् । सागरले उमेर समुह उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जुन प्रर्दशन फ्रेन्चाइज लिगमा पनि गर्ने सोचमा छन् । हिटर सौरव पनि उत्कृष्ट प्रर्दशन गर्दै सिनियर टोलीमा आफ्नो स्थान बनाउन चाहान्छन् ।

क्रिकेट ब्याट र बलको खेल हो । नाम हेरिदैन । जितको लागि मैदानमा उत्कृष्ट क्रिकेट खेल्नुपर्छ । कमजोर टोलीले अब्बल सावित गर्न बलियो टोलीलाई हराउनुपर्छ । कागजी रुपमा कमजोर देखिएको धनगढी मैदानमा उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छ । जसमा युवा खेलाडीको प्रर्दशन महत्वपूर्ण रहने छ । समग्रमा धनगढीको ब्याटिङ र बलिङ मिश्रीत देखिन्छ ।

प्रमुख दुई खेलाडी

१. दीपेन्द्र सिंह ऐरी (कप्तान)

धनगढीले पीपीएलमा कस्तो प्रर्दशन गर्छ त्यसमा कप्तान दीपेन्द्रको प्रर्दशन महत्वपू हुने छ । दीपेन्द्रको उत्कृष्ट अलराउन्डर प्रर्दशन विना धनगढीलाई जित निकाल्न कठिन पर्ने छ । नेपाली क्रिकेटको भावी कप्तानको रुपमा हेरिएको दीपेन्द्रले तीनै फ्रेन्चाइज लिगमा उच्च प्रर्दशन गर्दै आएका छन् । गत वर्ष तीनै फ्रेन्चाइज लिगमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी दीपेन्द्र थिए । पछिल्लो समय दीपेन्द्र लयमा फर्किएका छन् । कमजोर मानिएको धनगढीलाई बलियो सावित गर्न दीपेन्द्रले उत्कृष्ट प्रर्दशन गर्नुपर्ने हुन्छ । साथै दीपेन्द्रको कप्तानी पनि महत्वपुर्ण हुने छ ।

२. अमित यादव (अलराउन्डर)

भारतीय तीब्र गतिका बलिङ अलराउन्डर अमित धनगढीको टिममा नायक बन्न सक्छन् । २०१२ को आईपीएलमा किंग्स इलाभेन पञ्जावको टोलीमा रहेका अमितले गोवाबाट घरेलु क्रिकट खेल्ने गर्दछन् । उनले ३७ प्रथम श्रेणीमा ९ सय ६० रन बनाउनुको साथै १ सय १३ विकेट लिएका छन् । त्यस्तै ३६ टि ट्वान्टी आईमा ३२ विकेट लिएका छन् । अमितले आफ्नो अलराउन्डर प्रर्दशनमा धनगढीलाई बलियो टोली बनाउन सक्छन् ।

धनगढीको खेल तालिका :

मंसिर ३० : धनगढी विरुद्ध विराटनगर (विहान ९ बजे)

पुष २ : धनगढी विरुद्ध काठमाडौं (विहान ९ बजे)

पुष ४ : धनगढी विरुद्ध चितवन (दिउँसो १२ ः४५ मा )

पुष ६ : धनगढी विरुद्ध बुटवल ब्लास्टर्स (१२ः४५ मा )

पुष ७ : धनगढी विरुद्ध पोखरा पल्टन (११ः३० मा)

धनगढीको टोली :

दीपेन्द्र सिंह ऐरी (कप्तान), मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम, अनिल खरेल, सुवेन्दु पाण्डे, अरुण ऐरी, अमित यादव (भारत), श्रीमन्ता विजयरत्ने र रोड्रिगो थोमस (क्यानडा)

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.