5 years ago
December 15, 2019
पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्स पहिलो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पुछारमा रहेर बाहिरिएको थियो । जुन प्रर्दशन विराटनगर दोस्रो संस्करणमा सम्झन चाहँदैन ।
विराटनगर पीपीएलमा नयाँ कप्तान सहित नयाँ प्रर्दशन गर्न चाहान्छ । गत वर्ष सन्दीप लामिछानेको कप्तानी गरेका थिए । यस पटक विराटनगरको नेतृत्व प्रदीप ऐरीले गर्ने छन् । गत वर्ष पाकिस्तानका मोहम्मद जैद आलमले उत्कृष्ट प्रर्दशन गरेपनि राम्रो साथ नपाउँदा विराटनगर सबैभन्दा कमजोर टोली सावित भएको थियो । तीनै जैद अहिले पनि विराटनगरका प्रमुख खेलाडीको रुपमा छन् ।
विदेशी खेलाडीमै विश्वास
विदेशी खेलाडीको प्रर्दशनले पीपीएलमा विराटनगरको यात्रा निर्धारिण गर्ने छ । विराटनगरको टोलीका नियमित सदस्य छैनन् । गत वर्ष उत्कृष्ट प्रर्दशन गरेका पाकिस्तानका अलराउन्डर जैद आलम, पाकिस्तानकै हिटर नोमन खान र नेपाली फ्रेन्चाइज लिगमा उत्कृष्ट अलराउन्डरको छाप छाडेका भारतीय पुनित मेहराको प्रर्दशन विराटनगरलाई महत्वपूर्ण हुने छ । यी तिन विदेशी खेलाडीको उत्कृष्ट प्रर्दशन विना विराटनगरलाई जित निकाल्न पर्ने छ ।
सिनियर टोलीमा पुनरागमनको अवसर
नेपाली सिनियर टोलीमा पछिल्लो तीन वर्षमा फ्रेन्चाइज लिगको प्रर्दशननै खेलाडी छनोटको मुख्य आधार हुँदै आएको छ । त्यसैले फ्रेन्चाइज लिगमा सबै खेलाडीको प्रर्दशन महत्वपूर्ण हुन्छ । विराटनगरमा रहेका अधिकाम्स खेलाडी पनि सिनियर टोलीको पुनरागमनको पर्खाईमा छन् । ओपनर सुनिल धमला, प्रदीप ऐरी, राजु रिजाल र जितेन्द्र मुखियाको प्रर्दशनमाथि सबैको नजर रहने छ । सिनियर टोलीमा पुनरागमन गर्ने यी खेलाडीलाई पीपीएल राम्रो अवसर हो । पीपीएलमा उत्कृष्ट प्रर्दशन गर्न सके सिनियर टोलीको बाटो सहज हुने छ ।
कस्तो छ विराटनगरको टोली ?
सम्रगमा विराटनगरको टोली मिश्रीत छ । प्रदीप, सुनिल, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल, लोकश बम, पुनित मेहरा र नोमन खान ब्याट्सम्यानका रुपमा रहेका छन् । यू१९ क्रिकेटमा राम्रो छाप छाडेका लोकेशबाट विराटनगरले राम्रो आशा राखेको छ । स्पिनरको रुपमा नेपाली घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्ने साहव आलम छन् । साहबलाई अर्को तर्फबाट पुनितले साथ दिने छन् ।
तीब्र गतिको बलरको रुपमा जितेन्द्र मुखिया र किशोर महतो रहने छन् । ठूला नाम गरेका खेलाडी विराटनगरमा छैनन् । त्यसैले कागजी रुपमा वराटनगर कमजोर देखिन्छ । विराटनगरले आफुलाई अब्बल सावित गर्न आश्चर्य नतिजा निकाल्नु पर्ने हुन्छ ।
फिनिसिङमा कमजोर
विराटनगरको कमजोरी बलिङ र फिनिसर कमी हो । तिब्र गतिका बलरको रुपमा किशोर र जितेन्द्र छन् । जितेन्द्र सन् २०१५ पछि सिनियर टोलीमा छैनन् । लगातर चोटसँग जुधि रहेका जितेन्द्रको पहिला र अहिलेको प्रर्दशनमा फरक छ । यता किशोर युवा खेलाडी हुन् । घरेलु क्रिकेट खेलि रहेका किशोर अझैं परिपक्क भएका छैनन् । विराटनगरमा फिनिसरको पनि कमि छ । टि ट्वान्टीनै हिटिङकोे खेल हो । एकै ओभरले खेलले नयाँ मोडलिन सक्छ । तर विराटनगरमा तल्लोक्रममा ठूला सट खेलि खेलनै पल्टाउन सक्ने खेलाडी देखिदैनन् । जसको असर ब्याटिङमा पर्न सक्छ ।
विराटनगरको खेल तालिका :
मंसिर ३० : विराटनगरविरुद्ध धनगढी
पुष २ : विराटनगर विरुद्ध पोखरा
पुष ५ : विराटनगर विरुद्ध काठमाडौं
पुष ६ : विराटनगरविरुद्ध चितवन
पुष ९ : विराटनगर विरुद्ध बुटवल
विराटनगरको टोली :
प्रदीप ऐरी (कप्तान), दिलिप नाथ (विकेटकीपर), दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनाश थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल (विकेटकीपर), साहब आलम, सुनिल धमला, लोकेश बम, पुनित मेहरा (भारत) मोहम्मद जैद आलम र नोमन खान (पाकिस्तान) ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]