default_image

5 years ago

December 15, 2019

आबिदको नयाँ विश्व कीर्तिमान

112 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका ओपनर आबिद अलीले विश्व कीर्तिमानी कायम गरेका छन् । आबिदले श्रीलंकासँगको पहिलो टेष्टमा शतक प्रहार गर्दै इतिहास रचेका हुन् । उनको विश्व कीर्तिमानी शतकसँगै पाकिस्तान र श्रीलंकासँगको पहिलो टेष्ट ड्र भएको छ ।

आइतबार पहिलो टेष्टमा आबिद २ सय १ बलमा ११ चौका सहित १ सय ९ रनमा अविजित रहे । उनको यो टेष्ट डेब्यू शतक हो । यस अघि आबिदले ओडीआई डेब्यू खेलमा पनि शतक प्रहार गरेका थिए । गत मार्चमा अष्ट्रेलियासँगको चौथो ओडीआई खेलमा डेब्यू गर्दै १ सय १२ रन जोडेका थिए । ओडीआई र टेष्ट दुबैको डेब्यूमै शतक प्रहार गर्ने आबिद विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।

श्रीलंकाले ३०८–६ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थिए । श्रीलंका धनञ्जय डी शिल्भाले १ सय २, कप्तान दिमुथ करुणारत्ने ५९ र ओसदा फर्नान्डो ४० रन जोडेका थिए । पाकिस्तानका युवा तीब्र गतिका बलर नसीम शाह र शाहिन शाह अफ्रिदीले २–२ विकेट लिए ।

पाकिस्तानले ७० ओभरमा २ सय ५२ रन जोड्न २ विकेट गुमाएको अवस्थामा पाँचौ दिनको खेल सकिएपछि खेल ड्र भएको हो । पाकिस्तानका आबिदसँगै युवा ब्याट्सम्यान बाबर आजमले पनि उत्कृष्ट शतक प्रहार गरे । बाबर १ सय २८ बलमा १४ चौका सहित १ सय २ रनमा अविजित रहे । बाबरलेको पाकिस्तान यो पहिलो टेष्ट शतक हो । उनको टेष्ट करिअरको भने तेस्रो शतक पर्दछ । पाकिस्तान र श्रीलंकाबीच दोस्रो तथा अन्तिम टेष्ट विहीबार देखी कराँचीमा सुरु हुने छ ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.