default_image

5 years ago

December 15, 2019

स्टार्क चम्कँदा अष्ट्रेलियाको फराकिलो जित

80 views

0 Bookmark

एजेन्सी – युवा ब्याट्सम्यान मार्नस लाबुसेनको शतक र मिचेल स्टार्कको उत्कृष्ट बलिङमा न्युजिल्यान्डसँगको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया फराकिलो अन्तरले विजयी भएको छ । अष्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ९६ रनले पराजित गर्दै तीन टेष्टमा १–० को अग्रता लिएको छ ।

अष्ट्रेलियाले पहिलो इनिङमा ४ सय १६ रन बनाएको थियो । युवा खेलाडी मार्नस लाबुसेनले २ सय ४० बलमा १८ चौका र १ छक्का सहित १ सय ४३ रनको शतकीय इनिङ खेले । लाबुसेनको यो लगतार तेस्रो शतक हो । ओपनर डेविड वार्नरले र स्टिभ स्मिथले समान ४३ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथी र निल वाग्रनरले समान ४ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो इनिङमा १ सय ६६ रनमा अल आउट भयो । न्युजिल्यान्डका रोश टेलर ८० र कप्तान केन विलियम्सनले ३४ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका मिचेल स्टार्कले १८ ओभरमा २ मेडन सहित ५२ रन खर्चेर ५ विकेट लिए ।

अष्ट्रेलियाले २१७–९ को अवस्थामा दोस्रो इनिङ समाप्तीको घोषणा गर्यो । उसका रोरी बन्र्स ५३, मार्नस लाबुसेन ५०, डेविड वार्नर १९ र स्टिभ स्मिथले १७ रनको योगदान दिए । न्युजिल्यान्डका टिम साउथीले २१.१ ओभरमा ६ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए ।

दोस्रो इनिङमा न्युजिल्यान्ड १ सय ७१ रनमा अल आउट भएपछि अष्ट्रेलिया विशाल अन्तरले विजयी भएको हो । न्युजिल्यान्डका बिजे बाटलिङ ४०, कोलिन डी ग्राण्डहोम ३३, रोश टेलर २२ र केन विलियम्सन १४ रनमा आउट भए । मिचेल स्टार्कले १४ ओभरमा ५ मेडन सहित ४५ रन दिएर ४ विकेट लिए । नाथन लायन ४ र प्याट कमिन्सको नाममा २ विकेट रह्यो । दुबै इनिङमा उत्कृष्ट प्रर्दशन गरेका तीब्र गतिका बलर मिचेल स्टार्क म्यान अफ द म्याच चुनिए । दोस्रो टेष्ट पुष १० देखी मेलबर्न क्रिकेट मैदानमा सुरु हुने छ ।

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

Success

Thank you for your time.