default_image

5 years ago

December 15, 2019

पीपीएलमा पुनरागमन गर्दै आक्रामक सिद्धान्त

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा हिटर सिद्धान्त लोहनीले पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटबाट घरेलु क्रिकेटमा पुनरागमन गर्दै छन् । सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सको टोलीमा रहेका सिद्धान्तले घरेलु क्रिकेटमा ६ महिनापछि पुनरागमन गर्न लागेका हुन् ।

गत जेठ तेस्रो सातामा प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश १ बाट कर्णाली प्रदेशविरुद्ध टियु क्रिकेट मैदानमा खेल्नेक्रममा खुट्टामा चोट लागेपछि ६३ रनको स्थितिमा मैदान छाडेका थिए । पछि उनले लिगामेन्टको शल्यक्रिया गरेपछि ४ महिना मैदानबाहिर रहनु पर्यो ।

पीपीएलबाट पुनरागमन गर्न लागेका सिद्धान्तले आफु फिट भएको बताएका छन् । ‘मेरा लागि राम्रो अवसर हो । पहिलाको जस्तो पूर्णरुपमा अझैं खुलेको छैन, अभ्यासमा ब्याटिङ पनि गरिरहेको छु, कुनै गाह्रो छैन । मैले उत्कृष्ट प्रर्दशन गर्न हरप्रयास गर्ने छु’, उनले हाम्रो खेलकुदसँग भने ।

सिद्धान्तले गत वर्ष नेपाल पुलिस क्लब छाडेर प्रदेश १ टोलीमा फर्किएका थिए । पुलिस टोलीमा ओझेलमा परेपछि आफुलाई प्रमाणित गर्न प्रदेश टोलीमा फर्किएको बताउँछन् । पुलिस क्लब छाड्दा उत्कृष्ट प्रर्दशन गर्न थप दबाब रहेको उनको बुझाइ छ ।

सन् २०१५ मा आईसीसी टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध डेब्यूमै हेलिकप्टर सट सहित २७ रन जोडेपछि उनको चर्चा रातारात चुलिएको थियो । त्यसयता भने सिद्धान्त आफ्नो परिचय सिद्ध गर्न नै संघर्षरत छन् । उनले घरेलु क्रिकेटमा लगातार कमजोर प्रर्दशन गर्दै आएका छन् ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.