default_image

5 years ago

December 15, 2019

कुशलको अर्धशतकमा पोखराको विजयी सुरुवात

90 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको अविजित अर्ध शतकसँगै दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली पोखरा पल्टनले विजयी सुरुवात गरेको छ ।

 

साविक विजेता पोखराले आइतबार काठमाडौं गोल्डेन्स वारीयर्सलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । काठमाडौंले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य पोखराले १४.१ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।

पोखराको सहज जितमा ओपनर कुशल भुर्तेल ४३ बलमा ४ चौका र ५ छक्का सहित ६५ रनमा अविजित रहे । कुशल भुर्तेलले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए । त्यस्तै रविइन्दर सिंह ३२ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे ।

रविइन्दरले १५ औं ओभरको पहिलो बलमा वसन्त रेग्मीलाई छक्का हान्दै जित पक्का गरे । पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशलले ४.२ ओभरमा ३१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए ।

आशिफलाई सुसन भारीले एलबी डब्लू आउट गर्नुअघि १० बलमा १ चौका सहित १४ रन जोडे । काठमाडौंले ६ बलर प्रयोग गरेपनि सुसन बाहेक अन्य विकेट लिन सकेनन् । त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं गोल्डेन्स वारीयर्सले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो ।

काठमाडौंको लागि भारतीय अलराउन्डर सुवोध भाटीले आक्रामक इनिङ खेल्दै सर्वाधिक ४५ रनको योगदान दिए । सुवोध सर्वजीत लड्डाको १७ ओभरको तेस्रो बलमा ठूलो सटको धुनमा काउकर्नरमा आशिफ शेखबाट क्याच हुनुअघि २९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

दशौं ओभरको दोस्रो बलमा पवन सरार्फ आउट भएपछि ४५–५ को कमजोर अवस्थामा रहेको काठमाडौंलाई सुवोधले आफ्नो एकल प्रर्दशनमा सम्मानजनक योगफलमा पुर्याएका थिए । तेस्रो ओभरको चौथो बलमा प्रथामेश दाकेले विकेटकीपर विनोद भण्डारीबाट कट बिहाइन्ड निकाल्दै ओपनर जयकिशन कोल्सावालालाई ९ रनमा क्याच आउट गराए ।

जयकिशनले ६ बलमा २ चौका प्रहार गरे । पहिलो विकेटका लागि सुवास खकुरेल र जयकिशनले १८ रनको साझेदारी गरेका थिए । स्पिनर ललित नारायण राजवंशीले चौथो ओभरको दोस्रो बलमा सुवासलाई सट थड म्यानमा सर्वजीत लड्डाबाट ६ रनमा क्याच आउट गराए । राशिद खानले पाँचौ ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई १ रनमा बोल्ड आउट गरे ।

छैटौं ओभरको दोस्रो र तेस्रो बलमा ललितलाई लगातार छक्का प्रहार गरेका गौरव तोमर चौथो बलमा त्यस्तै ठूलो सट खेल्ने धुनमा लङ अफमा कुशल भुर्तेलबाट क्याच आउट भए । गौरवले ७ बलमा २ छक्का सहित १३ रन जोडे ।

दशौं ओभरको दोस्रो बलमा बायाँ हाते स्पिनर कुशल मल्लले पवन सरार्फलाई मिड विकेटमा आशिफ शेखबाट ६ रनमा क्याच आउट गराए । पवनले १८ बलको सामना गर्दा १ चौका प्रहार गरेका थिए । कुशललेनै १२ औं ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड गर्दै पृथु बास्कोटालाई ७ रनमा पेभिलिएन फर्काए । १९ ओभरको अन्तिम बलमा राशिदले वसन्त रेग्मीलाई ८ रनमा बोल्ड आउट गरे । सुसन भारी १० र अमृत भट्टटाई १ रनमा अविजित रहे ।

नेपालका स्पिनर ललित नारायण राजवंशीले ४ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । डेब्यू खेल खेलेका बायाँ हाते युवा स्पिनर कुशल मल्लले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।

सर्वजीत लड्डा र प्रथामेश दाकेको नाममा १–१ विकेट रह्यो । काठमाडौं आफ्नो दोस्रो खेलमा सोमबार बुटवल ब्लास्टर्ससँग खेल्ने छ । पोखराले मंगलबार चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने छ ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.