5 years ago
December 15, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उद्धघाटन खेलमा आज साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्स वारीयर्सबीच प्रतिस्पर्धा हुँँदै छ । खेल विहान ११:३० पछि पोखरा रंगशालमा रहेको क्रिकेट मैदानमा सुरु हुनेछ ।
पोखरा नेपाली घरेलु लिगमा सर्वाधिक सफल शरद भेषाकरको नेतृत्व र काठमाडौं राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमै मैदान उत्रने छ । खेल निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुवै टोली सुखद सुरुवात गर्न चाहान्छन् । कागजी रुपमा दुवै टोली उपाधिका बलिया दाबेदार देखिएका छन् ।
पोखरा गत वर्षको च्याम्पियन टोली हो । काठमाडौं हुलास रोयल्सको स्थानमा काठमाडौं गोल्डेन्स आएको हो । काठमाडौं हुलासमा रहेका सबै खेलाडीनै काठमाडौंमा छन् । त्यसैले नाम नयाँ रहेपनि खेलाडी पुरानै छन् । गत वर्ष काठमाडौं एलिमिनेटरमा चितवन राइनोजसँग पराजित हुँदै बाहिरिएको थियो । गत वर्ष पोखराले काठमाडौंलाई ४ विकेटले हराएको थियो । यो संस्करण देखी तीन विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था छ ।
काठमाडौंको सुवास खकुरेल र अमित श्रेष्ठले ओपनिङ गर्ने संभावना छ । गौरव तोमर, ज्ञानेन्द्र, विकेटकीपर जयकिशन कोल्सावाला र पवन सरार्फलाई ब्याट्सम्यानको रुपमा मैदान उतार्ने छ । फिनिसरमा सुवोध भाटी र अमर सिंह राउटेला देखिन्छन् । सुवोध र अन्दन यादव दुई तीब्र गतिका बलरको रुपमा पहिलो रोजाइमा पर्ने देखिन्छ ।
आज प्रतिस्पर्धा हुने पिचमा स्पिनर हाबी बन्न सक्ने अनुमान गरिएको छ । जसको कारण काठमाडौंले दुई स्पिरन सुसन भारी र बसन्त रेग्मीलाई खेलाउने पक्का पक्कि जस्तै छ । पिच हेर्दा युवा स्पिनर सुर्य तामाङको पनि संभावना रहन्छ ।
गत वर्षको च्याम्पियन पोखरा पल्टनको लागि पीपीएल र इपीएल दुबैमा सर्वाधिक रन बनाउने भारतीय विश्फोटक ब्याट्सम्यान रविइन्दर सिंह प्रमुख हतियार हुन् । पोखराको ओपनिङ कुशल भुर्तेल र आशिफ शेखले गर्ने संभावना देखिन्छ । रविइन्दर, शरद, विनोद भण्डारी, कुशल मल्ल, कृष्ण कार्की ब्याटिङ हतियार हुने छन् ।
फिनिसरको जिम्मा युवा खेलाडी कुशल मल्लले पाउने संभावना प्रबल छ । स्पिनरको रुपमा ललित नारायण राजवंशी र लेग स्पिनर पराग खानपुकारको जोडी मैदान उत्रने छन् । दुई तीब्र गतिको बलमा राशिद खानलाई महबुब आलम र युवा खेलाडी आकश चन्द मध्य एकले साथ दिने छन् ।
काठमाडौंको टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, वसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल, अमृत भट्टाई, सुर्य तामाङ, गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी
पोखरा पल्टनको टोली :
शरद भेषावकर(कप्तान) रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, कुशल मल्ल, आकाश चन्द, अनिल गुरुङ, रविइन्दर सिंह, पराग खानपुकार
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]