5 years ago
December 14, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अन्तर्राष्ट्रिय एक दिवसिय (ओडीआइ) वरियतामा नेपाल खस्किएको छ । आइसीसीले शुक्रबार राती जारी गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान खस्किदै १८ औं स्थानमा पुगेको छ ।
नेपालको ८ खेलमा १ सय ५२ प्वाइन्ट र १९ रेटिङ छ । नेपाललाई ओमानले पछि पारेको हो । ओमान ८ खेलमा १ सय ७४ प्वाइन्ट र २२ रेटिङ सहित १७ औं स्थानमा उक्लिएको छ । यूएई १९ र पप्पुवा न्युगिनी २० औं स्थानमा छन् । नयाँ वरियतामा विश्वकप विजेता इंग्ल्यान्ड शीर्ष स्थानमा छ । भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा छन् ।
त्यस्तै पाकिस्तान छैटौं, बंगलादेश सातौ, श्रीलंकान आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान १० स्थानमा छ । नेपाललाई अमेरिका, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड, जिम्बावे, र आयरल्यान्डले पछि पारेका छन् । आयरल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड, स्कटल्यान्ड, अमेरिका, नामिबिया क्रमश: ११, १२, १३, १४, १५ र १६ औं स्थानमा छन् । टि ट्वान्टी आई वरियतामा भने नेपाल १२ औं स्थानमा यथावतै छ ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]